no comments

नेपाल रेडक्रस सोसाइटी पोखरा ७ उपशाखाको सभापतिमा भोजराज बराल

पोखरा, १५ पुष/ नेपाल रेडक्रस सोसाइटी पोखरा ७ उपशाखा को १८ औं साधारणसभा तथा ८ औं अधिवेशन अधिवेशनले भोजराज बरालको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपसभापति अनुपा बराल, सचिव ध्रुवराज बराल, कोषाध्यक्ष सुजन बराल, उपसचिव कुमार भण्डारी, उपकोषाध्यक्ष बिल कुमारी कुमाल, सदस्यहरुमा पार्वती कुमारी पौडेल, सञ्जय पौडेल, त्रिविक्रम सुवेदी, श्रीराम बराल, र निर्मला अर्याल बराललाई निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ७ का वडाध्यक्ष रामचन्द्र बरालले विपदमा पोखरा ७ उपशाखा ले खेलेको भूमिकाको प्रशंसा गर्दै सँधैभरि रेडक्रसका सात सिद्धान्त अनुसरण गरि अगाडि बढ्न सक्षम र कुशल नेत्तृत्व चयनका लागि शुभकामना दिए ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा उपसभापति डण्डराज शर्मा, विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की शाखा सदस्य तथा मतदान अधिकृत मंगल नेपाली,अतिथिहरु संस्थापक सभापति चुडामणि बराल,वडा सदस्य तथा नेकपा एमाले पोखरा ७ का अध्यक्ष किशोर बराल, नेपाली कांग्रेस वडा इकाई ७ का सभापति नविनराज बराल, नेकपा माओवादी केन्द्र ७ का अध्यक्ष डण्डपाणी आचार्य, श्रीकृष्ण मावि विद्यालय ब्यबस्थापन समिति अध्यक्ष पुरुषोत्तम रेग्मी, महिला बिकासका लागि आमा समूहका अध्यक्ष मेनका बरालले अधिवेशन सफलताको शुभकामना दिए ।

सभामा उपशाखाका सचिव राममोहन आचार्यद्वारा प्रस्तुत सांगठनिक तथा कोषाध्यक्ष शारदा गिरीबाट प्रस्तुत आर्थिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरिएको थियो । उपशाखाका सभापति दामोदर बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपशाखाका उपकोषाध्यक्ष अनुपा बरालले सात सिद्धान्त वाचन र सचिव राममोहन आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese