no comments

पोखरामा एकै दिन १० जनामा कोरोना संक्रमण

पोखरा, २२ साउन / पोखरामा एकै दिन थप १० जनामा कोरोना संक्रमण देखिएको छ । यो सगँ पोखरा महानगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय २९ पुगेको छ ।

त्यस मध्ये ९० जना निको भएर घर फर्किएका छन् । बुधबार पुष्टि भएका १० जना भारत र तराई क्षेत्रबाट आएकाहरु छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरामा १० र बागलुङमा दुई जनामा कोरोना संक्रमिण देखीएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५५ पुगेको छ ।

कोरोना भाइरस मुक्त हुनेको संख्या १ हजार ३ सय ६२ छ भने गण्डकी प्रदेशमा ४ जनाको मृत्यु भएको छ ।

पोखरामा संक्रमित देखिएका मध्ये ७ जना पोखरा महानगरको क्वारेन्टाइनमा रहेका र २ जना होम क्वारेन्टाइनमा बसेका पुरुष हुन् । तीमध्ये भारतबाट ४, बाराबाट ३, सर्लाही र महोत्तरीबाट १/१ जना आएका हुन् ।

संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको शर्माले जानकारी दिए । उनीहरु पोखराको वडा नम्बर १७, १२ का दुई/दुई जना, पोखरा ५, १०, १३, १८, २३ का एक/एक जनामा देखिएको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese