no comments

पोखरामा विरोधमा उत्रिए काँग्रेस भातृसंगठन

पोखरा, १९ माघ/ प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आएको नेपाली काँग्रेसका ३ भातृ संगठनले पोखरामा सोमबार संयुक्त रुपमा प्रदर्शन गरेको छ । चिप्लेढुंगाबाट निस्केको विरोध ¥याली बजार परिक्रमा गरी महेन्द्रपुल पुगी विरोधसभामा परिणत भएको हो ।

संसद विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावाद उन्मुख कदम चालेको, देशमा चरम भ्रष्टाचार बढेको, कोभिड –१९ विरुद्धको प्रयासमा सरकार असफल भएको तथा जनसरोकारका बिषयमा सरकारी उदासिनता बढेको भन्दै काँग्रेसका भातृसंगठनले विरोध जनाएका हुन् ।

ओलीको गैरसंवैधानिक कदम सच्याउन प्रतिनिधिसभा पुनस्र्थापना गरी भ्रष्टाचार कुशासनलगायत सर्वसत्तावादीलाई परास्त गर्नुपर्ने वक्ताको जोड थियो । उनीहरुले प्रधानमन्त्री ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्ध समेत नाराबाजी गरेका थिए ।

महिला संघकी अध्यक्ष कोपिला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा काँगे्रस नेता शुक्रराज शर्मा, पूर्व मन्त्री यज्ञबहादुर थापा, संविधानसभा सदस्य शारदा पौडेल, वृन्दादेवी रानामगर, प्रदेश सांसद कुमार खड्का, काँग्रेस कास्कीका सभापति कृृष्ण केसी, सोभियतबहादुर अधिकारी, खेमराज पौडेल लगायतले सरकारको असंवैधानिक कदमको विरोधमा बोलेका थिए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese