no comments

पोखरा म्याराथन फागुन ७ गते, पुरस्कार राशी बढ्यो

तस्बिरः सुर्दशन रञ्जित

पोखरा, १७ कात्तिक/ भुतपुर्व खेलाडी मन्चले आयोजना गर्दै सफल पोखरा म्याराथन फागुन ७ गते हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरि १६ ओैं म्याराथनबारे जानकारी दिईएको हो ।

प्रतियोगिताका बिजेताले ४ लाख पाउने छन् भने उपबिजेतालाई २ लाख, तेश्रोलाई १ लाख र चौंथोलाई ३० हजार पुरस्कार दिईने आयोजकले जनाएको छ ।

अघिल्लो संस्करणमा प्रथम पुरस्कार २ लाख थियो । नेपालको म्याराथनमा यो नै सबैभन्दा धेरै पुरस्कार हो । कार्यक्रम अन्तर्गत १० किमी पुरुष तथा महिला, ५ किमी छात्रछात्रा, ह्वील चियर र दृष्टीबिहिन दौड हुने अध्यक्ष हरि पराजुलीले जानकारी दिए । शहरमा एकैपटक हजारौं खेलाडी दौडन्छन् । यो हाम्रो मेगा ईभेण्ट हो, उनले भने, यसलाई अझै परिस्कृत गर्दै देशको ईभेण्ट बनाउने छौं ।

अघिल्ला वर्षहरुमा ३ हजार भन्दा बढी मान्छे एकैपटक दौडिने गर्थे । रन फर फन पनि आयोजना हुने छ । प्रतियोगितालाई सुजल डेरीले थप तीन वर्षको लागि सम्झौता नवीकरण गरेको छ ।

सुजल डेरी प्रालिको उत्पादन सफल दूधले नेपाल भुतपुर्व खेलाडी मञ्चसँगको सम्झौतालाई नविकरण गरेको हो । सुजल डेरी प्रालिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले र मञ्चका अध्यक्ष हरि पराजुलीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार वर्षेनी १० प्रतिशत रकम बढाउने सहमति छ । अघिल्लो वर्षको सम्झौता अनुसार साढे ४ लाख रुपैयाँ प्रालिले उपलब्ध गराउँदै आएको थियो । ‘अब नयाँ सम्झौता थप भएपछि प्रालिले मञ्चलाई वार्षिक ७ लाख रुपैयाँ दिने छ ।’

TechSansar.com - Technology Navigator website for Nepalese