no comments

नक्कली सेना बनेर पोखरा विमानस्थलमा छिर्ने एक जना पक्राउ

पोखरा, ८ चैत/ नेपाली सेनाको सेनानी भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिरेका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

विमानस्थल प्रवेश गरी शंकास्पद हर्कत गरेका मुस्ताङ थासाङ गाँउपालिका वडा नम्बर ४ बस्ने बर्ष १८ को बिपिन लगुन बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाली सेनाको टोलीले चेकजाँच गर्दा नेपाली सेनामा कार्यरत नभएको पाएपछि सेनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि पठाएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

नेपाली सेनाको सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह सहित पोषाक (चुस्ता), बुट, श्री भगवतीदल गण पोखरा लेखिएको परिचय पत्र १ थान र FLYROSE लेखिएको कालो रंगको नक्कली वाकिटकी रेडियो सेट थान १ सहित हिडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

TechSansar.com - Technology Navigator website for Nepalese