no comments

पोखराका सडकका खाल्टाखुल्टी पुर्दै ‘जागौ पोखरा’ अभियान

पोखरा, १६ भदौ / पोखरा महानगरपालिकामा प्राय सडकहरुमा खाल्टाखुल्टीका कारण सडक दुर्घटना हुने गरेका छन् । पोखराका मेयरसँगै जनप्रतिनिधिहरुका आँखा समेत त्यस्ता खाल्टाखुल्टी पुग्न सकेका छैनन् ।

जनप्रतिनिधीहरुलाई तलब भत्ता लगायतका विभिन्न सुबिधाको लागि करोडौं रुपैयाँको बजेट हुन्छ । तर सडकलाई मर्मत गरि सडक स्तरोन्नती गर्नको लागि पोखरा जस्तो सहरमा बजेट अभाव हुने गरेको जागौ पोखराका अभियान्ता चिरन्जिबी अधिकारीले बताए ।

जनताको कर नेताको सेवा सुबिधाको लागि मात्र प्रयोग भएको भन्दै कहिले सम्म जनताको कर नेताका चिल्ला गाडी र सेवा सुबिधाको लागि मात्र ? भन्दै अधिकारीले आक्रोशका साथ सम्बन्धित निकायलाई प्रश्न गरे ।

‘जागौ पोखरा’ अभियान मार्फत पोखराका सडकका खाल्टाखुल्टी पुर्दै अभियान्ता अधिकारीले जनताको करको सहि सदुपयोग नभएको भन्दै आक्रोश व्यक्त गरे । अभियान्ता दिपक आचार्यले हामीले जनताका सेवक भनेर नोकरको जिम्मेवारी दिएका हाम्रा नोकरहरु छोटे राजा बनेर मालिकहरुको समस्या बिर्सिएको हुँदा मालिकहरु आफै गैची बेल्चा लिएर सडकमा आएको बताए ।

दैनिक सडक दुर्घटना खाल्डा खुल्डीकै कारण हुने हुँदा जागौ पोखराले शिबराज बास्ताकोटी (शिव दाई)लाई संयोजकको जिम्मेवारी दिएको र उक्त कार्यको लागि बाबा फाउन्डेसनका अध्यक्ष दिलिप राज श्रेष्ठलेले गैची बेल्चा उपलब्ध गराएको जागौ पोखराका सुचना अधिकारी कृष्ण बरालले जानकारी दिए । उनका अनुसार मंगलबार पाँचौ दिन खाल्टाखुल्टी पुर्ने काम निरन्तर जारी रहिरहेको बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese