no comments

मौसम पूर्वानुमानः गण्डकी प्रदेशमा हिमपात र वर्षाको सम्भावना

पोखरा, २० पुष / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेश सहित अन्य प्रदेशा हिमपात र वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल देभर पश्चिमी वायुको प्रभाव रहेको छ ।

महाशाखाले देशभर सामान्य बदली भइरहेको जनाएको छ । यसैगरी आज दिउँसो देशभर सामान्य बदली हुने पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको हुनसक्ने पूर्वानुमान छ ।

त्यसै गरी सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै, राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भूभागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम विश्लेषण (Meteorological Analysis):

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status):

हाल देशभर सामान्य बदलि रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष २० गते (सोमबार)

दिउँसो : देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश,  गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र  गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

पौष २१ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम , कर्णाली, गण्डकी , बागमती प्रदेश तथा प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

पौष २२ गते (बुधबार)

दिउँसो : देशको सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आन्शिक बदली रहने छ । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भु-भागमा आंशिक बदली रहि एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका उच्च पहाडी र हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पहाडि भू-भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने सम्भावना रहेकोको पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउनहुन तथा बदलि, बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा केहि गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेको ले चिसोबाट बच्न सजग रहनुहुन सबैमा अनुरोध छ।

TechSansar.com - Technology Navigator website for Nepalese