no comments

पोखराको ठाउँ ठाउँमा सवारीमा आगजनी र तोड्फोड्

पोखरा, १९ साउन / पोखराका ठाउँ ठाउँमा राखीएका सवारी साधनमा आगजनी र तोड्फोड् भएको छ । पोखरा लेकसाइड, खहेर र मासबारमा सवारी साधनमा आगजनी र तोड्फोड् भएका छन् ।

राति कबिर १ बजे पोखरा महानगरपालिका ६ लेकसाईड स्थित सुईट होम गेष्ट हाउसको अगाडी राखीको स्कुटरमा आगजनी भएको छ ।

ग १४ प २०९० मिठु परियारको डियो स्कुटरमा आगो लगाई भागेको स्थानीयले बताए छन् । तर कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले स्कुटरमा आफै आगोलागि भएको बताए ।

सवारीमा आगजनी

सवारीमा आगजनी

घटना थाहा पाउने वित्तिकै स्थानीय प्रहरीले आगो निभाए पनि स्कुटर जलेर कामै नालाग्ने भएको छ । त्यसै गरि पोखरा महानगरपालिका वडा नम्बर १८ खपौदीमा राति करिब ३ बजे बा ७ च ५८३२ नम्बर को कारमा अज्ञात समूहले आगजनी गरेको छ ।

सोही स्थानमा बस्ने सुबिन शाक्यको कार पार्किंग गरिएको अवस्थामा कारमा आगजनी हुदाँ कारको पछाडिको भागमा छेति पुगेको। आगजनीले पछाडीको टायर जलेको छ भने पछाडीको सिसा समेत फुटेको छ ।

त्यसै गरी पोखरा ७ मासबारमा एउटा बोलेरो गाडीमा एउटा सिसा फुटाएको छ । सबै घटनाको अनुसन्धान भईरहेको प्रवक्ता हमाले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese