no comments

हुलाक सेवा निर्देशनालयमा सेवा लिन आउनेलाई स्वागत

पोखरा, २३ असोज / हुलाक सेवा निर्देशनालय पोखराले शुक्रबार प्रथम सेवा ग्राहिलाई कार्यलय परिसरमा स्वागत गरेको छ ।

१३४ औ विश्व हुलाक दिवस तथा ५१ औ नेपाल हुलाक दिवसको अवसरमा सेवा लिन आउने मिलन दुलाललाई निर्देशनालयका प्रमुख कृर्तनराज पौडेलले स्वागत गरे ।

दुलाल सेवाग्राहिको रुपमा हुलाक टिकट खरिद गर्नका लागि ठिक १० बजे कार्यलय परिसरमा प्रवेश गरेका थिए । सोहि अवसरमा उनलाई पहिलो सेवा ग्राहिको रुपमा स्वागत गरेको प्रमुख पौडेलले जानकारी दिए ।

यसैगरि कार्यलयले सोहि अवसर पारेर कार्यलय सरसफाई तथा वृक्षारोपण गरेको छ । कोभिडका कारण अन्य कार्यक्रमहरु गर्न नपाएको बताउदै प्रमुख पौडेलले हुलाक परिसरलाई फुलवारीको रुपमा विकास गर्न धुपी लगायतका १०० वटा विरुवा रोपिएको बताए ।

परिसरभित्र सम्पुर्ण कर्माचारीको सहयोगमा सरसरफाई पनि गरिएको पौडेलले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese