no comments

पोखरामा बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

पोखरा, ११ फागुन/ कास्की प्रहरीले पोखरा ३२ महकुनाबाट बुवाको हत्या अभियोगमा छोरालाई पक्राउ गरेको छ ।

कास्की अन्नपुर्ण गाउँपालिका वडा नम्बर ३ पाउँदुरकोट स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ३२ महकुना बस्ने ५८ बर्षिय जुम बहादुर कामी मंगलबार मृत फेला परेका थिए ।

घरको भया¥ङबाट लडी मृत्यु भएको जानकारी पाए पछि जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट प्रहरी अधिकृत समेत गई अनुसन्धान थालेको थियो ।

घटनाको विषयमा अनुसन्धान गर्दै जाँदा फागुन ९ गते राती मृतकको बाबुछोरा बिच बिवाद भई झगडा हुँदा मृतकको छोरा ३४ बर्षिय रामकृष्ण कामीको प्रहारबाट मृत्यु भएको खुलेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

रामकृष्णले चारपाटे काठको अग्लोले प्रहार गर्दा मृत्यु भएको खुल्न आएको हमालले जानकारी दिए र प्रतिवादी रामकृष्ण कामीलाई पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडी बढाएको उनको भनाई थियो ।

रामकृष्णलाई कर्तव्य ज्यान मुद्धामा मुद्धा दर्ता गरी कास्की जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको उनले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese