no comments

राष्ट्रिय ए डिभिजन फुटसल लिग, पोखरा दुई टिम प्ले अफमा

पोखरा, १९ असोज/ घरेलुटोली सविन मेमोरियल राष्ट्रिय ए डिभिजन लिगको प्ले अफमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा सविनले शंखमुललाई ३–१ गोल अन्तरले हराउँदै प्ले अफमा प्रवेश गरेको हो ।
पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक लिगको अन्तिम खेल सविनलाई जित्नै पर्ने दबाब थियो ।

सविनले २० औं मिनेटमा समिर प्रधानले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफ १–० ले अघि रहेको सविनले दोस्रो हाफमा थप २ गोल गर्दै जित हासिल गरेको हो । खेलको २४ औं मिनेटमा मनिष क्षेत्रीले गोल गर्दै अग्रता दोब्बर पारे । २५ औं मिनेटमा शंखमुलका सुशान श्रेष्ठले गोल गर्दै २–१ को स्थिति बनाएपछि सविन दबाबमा परेको थियो । ३४ औ मिनेटमा सुनिल विकले गोल गर्दै जित निश्चित गरे ।

सविनको कुल ९ खेलबाट १६ अंकका साथ तालिकाको चौथो स्थानमा रहन सफल रह्यो । सविनले पाँच खेलमा जित, ३ खेलमा हार र १ खेलमा बराबरी खेलेको थियो । एता हार व्यहोरेको शंखमुल पनि तालिकाको तेस्रो स्थानमा रहेको छ । शंखमुललाई हारले दोस्रो स्थानमा उक्लिनबाट रोकेपनि प्लेअफका लागि कुनै असर गरेन । खेलको म्यान अफ दि म्याच मनिष क्षेत्री घोषित भए ।

मंगलबार भएको¬ पहिलो खेलमा प्रभातफेरीले फुटसल ५ धरानलाई ६–२ गोल अन्तरले पाखा लगायो । प्रभातफेरीको जितमा डोना थापा र धिरज जोशीले २/२ तथा शन्तलाल गुरुङ र विवेक सारुमगरले एक÷एक गोल गरे । प्रभातफेरीले फुटसल ५ धरानलाई सुरुवात देखि नै निकै दबाबमा राख्यो । प्रभातफेरीका लागि धिरज गुरुङले खेलको पाँचौ मिनेटमा २ गोल गर्दै अग्रता दिलाए ।

१ मिनेटको अन्तरालमा धिरजले २ गोल गर्दै प्रभातफेरीलाई २–० को अग्रता दिलाए । १७ औँ मिनेटमा शन्तले गोल गर्दै प्रभातफेरीको अग्रता तेब्बर पारे । २० औं मिनेटमा फुटसल ५ धरानका कप्तान सन्दिप कार्कीले गोल गर्दै अग्रता घटाए । पहिलो हाफमा ३–१ ले अघि रहेको प्रभातफेरीले दोस्रो हाफमा समेत ३ गोल गर्दै फराकिलो जित निकालेको हो । २५ औं मिनेटमा डोना थापाले गोल गरे ।

२६ औं मिनेटमा विवेकले गोल गर्दै अग्रता फराकिलो पारे । खेलको ३० औं मिनेटमा फुटसल ५ का लागि नयल श्रेष्ठले गोल गर्नुनै फुटसलका लागि अन्तिम गोल रह्यो । उता प्रभातफेरीका लागि डोनाले ४० औं मिनेटमा व्यक्तिगत तथा छैटौं गोल गरे । प्रभातफेरीका धिरजले २३ औं मिनेटमा रातो कार्ड पाउँदै बाहिरीएपनि फुटसल ५ धरानले त्यसको मौका भने उठाउन सकेन । २ मिनेटसम्म प्रभातफेरी ४ खेलाडीमा सिमित भएका थिए । खेलको म्यान अफ दि म्याच प्रभातफेरीका आशिष डंगेल घोषित भए ।

जितसंगै प्रभातफेरी कुल ९ खेलबाट १० अंकका साथ तालिकाको ८ औँ स्थानमा रहँदै लिगचरणबाट बाहिरीएको छ । प्रभातफेरीले ३ खेलमा जित, ५ खेलमा हार र १ खेल बराबरी खेलेको थियो । समान खेल खेलको फुटसल ५ धरानको भने १४ अंक रहेको छ । धरानले ४ खेलमा जित,३ खेलमा हार र १ खेल बराबरी खेलेको थियो ।

दोस्रो खेलमा ढुकु फुटसल हबले झरना स्पोट्र्स क्लबलाई ५–३ गोल अन्तरले हरायो । जितसंगै ढुकुको ९ खेलबाट १३ अंक रहेपनि लिगचरणबाट बाहिरीएको छ । ढुकुले ४ खेलमा जित, ४ खेलमा हार र १ खेल बराबरी खेलको थियो । ढुकुको जितमा सुमन तामाङ, दावा दुक्पा शेर्पा, अमित लामा, प्रसिद्ध मगर र उर्केन शेर्पाले गोल गरे । झरनाका लागि गंगा गुरुङ, प्रवेश खनाल क्षेत्री र अमित गुरुङले गोल गरे । खेलको म्यान अफ दि म्याच अमित लामा घोषित भए ।

TechSansar.com - Technology Navigator website for Nepalese