no comments

पोखरामा एक पत्रकार सहित थप ३ जनामा कोरोना संक्रमण

पोखरा, ३१ भदौ / पोखरामा एक जना पत्रकार सहित थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । यो सगँ गण्डकी प्रदेशमा बुधबार थप ५५ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

कास्कीमा ३२ जना, गोरखामा १३ जना, तनहुँमा ६ जना, बागलुङमा ३ जना र नवलपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरामा रहेर पत्रकारीता गर्दै आएका एक जनालाई कोरोना संक्रमण देखिएको छ । कास्कीको पोखरा महानगरपालिकामा २८ जना र रुपा गाउँपालिकामा १ जनामा कोरोना देखीएको उनले जानकारी दिए ।

पोखरा महानगरपालिका ४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुन् । वार्ड नम्बर १५ का ४० बर्षका २ जना पुरुषहरु, वार्ड नम्बर २७ का २८ बर्षीय पुरुष, वार्ड नम्बर ६ का २१ बर्षीय पुरुष गरि ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् ।

रुपा गाउँपालिका १ का २७ बर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा बसेका हुन् । २५ बर्षीय महिला पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् ।

त्यसै गरी तनहुँको घिरिंगका तीनैजना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेकामा देखिएको शर्माले जानकारी दिए । बाग्लुङ गल्कोट ३ र बाग्लुङ १ का क्रमशः ३७ र ४६ बर्षीय गरि २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेको उनले जानकारी दिए । अन्य सबै संक्रमित व्यक्ति कन्ट्याक्ट ट्रेसिङकाबाट पहिचान भएको शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा अहिले सम्म संक्रमितको सख्या ३ हजार १ सय ७१ पुगेको छ । हालसम्म १ हजार ९ सय २ जना निको भइसकेका छन् । गण्डकी प्रदेशमा कोरोनको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese