no comments

बुद्ध एयरले पोखरा–नेपालगन्ज उडान शुरु

पोखरा, १७ साउन/ बुद्ध एयरले पोखरा–नेपालगन्ज सिधा हवाई उडान सुरु गरेको छ । आइतबार देखी साता तीन दिन उठान शुरु गरेको हो । आइतबार बुधबार र शुक्रबार उठान गर्ने बुद्ध एयरका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालले बताए ।

पोखरा–नेपालगन्ज–पोखरा उडानमा यात्रुको चाप बढे सातै दिन वा दिनमै एकभन्दा बढी उडान गर्ने योजना समेत रहेको उनले बताए । पोखराबाट बिहान ९ बजेर १० मिनेटमा जहाज नेपालगन्जका लागि उड्नेछ।

नेपालगन्जबाट १० बजे पोखराका लागि उडान हुनेछ । १८ सिट क्षमताका बिचक्राफ्ट १९००डी सिरिजका जहाजबाट पहिलो चरणमा यो रुटमा उडान गर्ने शुरु गरेको छ ।

आइतबार दुबै तर्फबाट १८÷१८ जना उडेको बरालले बताए । पोखराबाट जाने यात्रुलाई नाट्टा पोखराले विदाइ र नेपालगन्जबाट आउने यात्रुलाई स्वागत गरेको थियो ।

पोखरा–नेपालगन्ज ३५ मिनेटको उडान हो । भाडाको महँगो ७६ सय ३५ रूपैयाँ, मध्यमस्तरको ५५ सय ३५ र सस्तो ४९ सय ३५ रूपैयाँ पर्ने छ ।

TechSansar.com - Technology Navigator website for Nepalese