no comments

पोखरामा थप ५ जनामा कोरोना संक्रमण

पोखरा, ३२ साउन / गण्डकी प्रदेशमा आइतबार बिहान थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीका ५ जना र तनहुँका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ कि ३३ बर्षिय एक महिला, वडा नम्बर १६ मा २२ र ३० बर्षिया पुरुष र २२ र ५० बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको शर्माले जानकारी दिए ।

यो सगँ कस्कीमा २ सय १३ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरि तनहुँको भानुका ३० बर्षिय पुरुषमा संक्रमण देखिएको हो । तनहुँमा यो सगँ २ सय १३ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ७ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस मध्ये ५ जनाको मृत्यु भएको छ भने १ हजार ४ सय ९३ जनामा निको भएर घर फर्किएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese