no comments

टाईगर कप भलिबलमा न्यु डायमण्ड र नेपाल पुलिसको विजयी शुरुवात

पोखरा, २७ माघ/ पोखरामा मंगलबार देखी शुरु टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा महिला तर्फ न्यु डायमण्ड र नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ ।

टाईगर ग्रुपको आयोजनामा सञ्चालित प्रतियोगितामा न्यु डायण्ड एकेडेमीले ३–२ विभागीय क्लब नेपाल आर्मीलाई र नेपाल पुलिसले एफिएफलाई सोझो सेटमा पराजीत गरेको छ ।

न्यु डायण्डले २५–१२, २२–१८, २५–२७ र १५–१३ को सेटमा आर्मीलाई हरायो भने नेपाल पुलिस क्लबले २६–२४, २५–२२ र २५–११ मा हरायो ।

पुरुष तर्फका पहिलो खेल नेपाल पुलिस र आयोजक गण्डकी प्रदेश बिच खेल भइरहेको छ । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

विजेता महिला तथा पुरुष टोलीलाई नगद १ लाख ५० हजार रुपैयाँको पुरस्कार राशीसहित ट्रफी तथा पदक एवं प्रमाणपत्र प्रदान गरिने छ ।

उपविजेताले महिला तथा पुरुष टोलीले नगद ७५ हजार रुपैयाँ, तेस्रो हुने टोलीलाई भने ३५ हजार राशीको नगदपुरस्कार प्रदान गरिने छ । सान्त्वना पुरस्कार १५/१५ हजार रुपैयाँ प्रदान गरिने छ ।

महिला तथा पुरुष तर्फ उत्कृष्ट खेलाडीलाई नगद २० हजार प्रदान गरिने छ । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट स्पाईकरलाई नगद ५/५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका प्रचार प्रसार संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese