no comments

पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्षमा गोदार

पोखरा, ५ जेठ/ खेलाडी तथा प्रशिक्षक दिपकबहादुर गोदार पोखरा महानगरपालिका खेलकुद विकास समितिको अध्यक्षमा चयन भएका छन् । साढे दुई दशक खेलकुद क्षेत्रमा विताएका गोदारलाई बुधबार महानगरको खेलकुद विकास समितिको अध्यक्षमा मनोनयन गरिएको हो ।

क्योकुशिन कराँतेबाट आफनो खेलकुद करियर शुरु गरेको गोदार अहिले मुआथाई किक बक्सिङका नेपालका प्रमुख प्रशिक्षक हुन् । उनकै प्रशिक्षकत्वमा नेपाली खेलाडीले मकाउ, थाईल्याण्ड, कोरिया,टर्की लगायतका देशमा अन्तराष्ट्रिय प्रतिस्पर्धाको एरिनामा उत्रिसकेका छन् ।

उनले आफैंले पोखरा रंगशालाभित्र कराँते तथा मुआथाईको प्रशिक्षक गराउँदै आएका छन् । गोदार राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष समेत हुन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनकैको प्रशिक्षकत्वमा गण्डकी प्रदेशले कराँते तर्फ च्याम्पियन बनेको थियो । उनी आफैं पनि कराँतेका अन्तराष्ट्रिय पदक विजेता खेलाडी हुन् । खुला तौल समूहमा उनको नाम एकछत्र नै थियो कुनै समय ।

कराँतेसँगै थाईल्याण्डबाट मुआथाईको प्रशिक्षण गरेर फर्किएपछि गोदारले मुआथाईलाई व्यवासायिक प्रशिक्षण गराउँदै आएका छन् । जिल्ला खेलकुद विकास समिति कास्कीका पूूर्व कोषाध्यक्ष समेत हुन् । गोदर नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने उत्कृष्ट वर्ष प्रशिक्षकबाट समेत सम्मानित भईसकेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese