no comments

पोखरामा थप ४ जनामा कोरोना संक्रमण

पोखरा, ९ भदौ / पोखरामा मंगलबार बिहान थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा भएको परीक्षणमा पोखरा महानगरपालिका वडा नम्बर १३ मा दुई जना पुरुषमा कोरोना देखिएको हो ।

उनीहरु भारतबाट आएका हुन् । त्यसै गरी पोखरा महानगर पालिका वडा नम्बर २८ का ३४ बर्षिय पुरुष र वडा नम्बर २९ की ३६ बर्षिय महिलामा कोरोना संक्रमण देखीको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

यो सगँ पोखरामा २ सय ६९ जनालाई कोरोना संक्रमण देखिएको छ भने कास्कीमा २ सय ९३ जना पुगेको छ । कास्कीमा अहिले सम्म १ सय ९५ जना निको भएर घर फर्किएका छन् । अहिले पोखराका ९२ जना आइसोलेसनमा छन् ।

अहिले सम्म पोखराका दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा १ हजार ८ सय ९१ मा कोरोना देखिएको छ भने १ हजार ६ सय ३९ जनाको कोरोना निको भएको छ । अहिले सम्म गण्डकीमा ८ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese