no comments

पोखरामा २८३ जना सहित गण्डकी प्रदेशमा ३७२ जनामा कोरोना संक्रमण

पोखरा, १६ कात्तिक/ गण्डकी प्रदेशमा आइतबार विहान थप २ सय ४० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका २ सय ८३ जना, तनहुँका ४१ जना, बागलुङका ५, गोरखाका १३ जना, स्याङजाका ७ जना, लमजुङका १०, नवलपुरका १७, पर्वतका १० जना, म्याग्दीका ७ जनामा, बागलुङका ५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा यो सगँ ७ हजार ७ सय ४० पुगेको छ । गण्डकीमा ४ हजार २ सय २१ जना निको भएर घर फर्किएका छन् ।

कोरोनाबाट पोखरामा थप २ जनाको मृत्यु

पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रमा पोखरा १७ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट आइतबार बिहान ११ बजेर ५५ मिनेट मृत्यु भएको हो ।

कार्तिक ११ गते कोरोना भाइरस संक्रमण भए पछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आर्चायले जानकारी दिए । प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने उनी २५ औं व्यक्ति हुन् ।

त्यसै गरी कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नका ४७ बर्षीय पुरुषको मृत्यु भएको छ । कात्तिक १५ गते राति साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको आचार्यले जानकारी दिए । पोखरामा अहिले सम्म मृत्यु हुनेको संख्या २९ पुगेको छ भने गण्डकी प्रदेशमा ८० पुगेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese