no comments

२७ महिने नाबालिका हत्या आरोपमा ठूलोबाउ पक्राउ

स्याङ्जा, १२ माघ/ सत्ताईस महिने भतिजी हत्या आरोपमा ३८ वर्षे बासुदेव ढकाल पक्राउ परेका छन् ।

सोमबार दिउँसो १ बजे स्याङ्जाको चापाकोट नगरपालिका—७ पिपलछाप निवासी भाईकी छोरी नाबालिका (सुबिना ढकाल)लाई हत्या गर्ने मनसायले भुईंमा पछारेका ठूलाबाउ (बासुदेव) लाई प्रहरीले पक्राउ गरेको छ ।

नाबालिका ढकालका दुबै खुट्टा समाई टाउकाको भाग पटकपटक जमिनमा पछारी अचेत बनाई छाडेको र उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

नबालिकाको शव परिक्षणका लागि सोमबारै पोखरा पठाइएको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पठाइएको शव पोष्टमार्टमपछि मंगलबार आफन्तलाई बुझाइएको छ ।

घटनाका आरोपी ढकाललाई ज्यान सम्बन्धी कसुर मुद्धा दर्तागरी स्याङ्जा अदालतबाट ७ दिनको म्याद थपगरी अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese