no comments

पोखरामा १५८ जना सहित गण्डकी प्रदेशमा २ सय जनामा कोरोना संक्रमण

पोखरा, १६ कात्तिक/ गण्डकी प्रदेशमा आइतबार विहान थप २ सय जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका १५८ जना, तनहुँका २५ जना, बागलुङका ४, गोरखाका ११ जना, स्याङजाका ४ जना, लमजुङका ३, नवलपुरका १७, पर्वतका १ जना, म्याग्दीका २ जनामा, बागलुङका १ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकीमा ४ हजार २ सय २१ जना निको भएर घर फर्किएका छन् ।

कोरोनाबाट पोखरामा थप २ जनाको मृत्यु

पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रमा पोखरा १७ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट आइतबार बिहान ११ बजेर ५५ मिनेट मृत्यु भएको हो ।

कार्तिक ११ गते कोरोना भाइरस संक्रमण भए पछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आर्चायले जानकारी दिए । प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने उनी २५ औं व्यक्ति हुन् ।

त्यसै गरी कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नका ४७ बर्षीय पुरुषको मृत्यु भएको छ । कात्तिक १५ गते राति साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको आचार्यले जानकारी दिए । पोखरामा अहिले सम्म मृत्यु हुनेको संख्या २९ पुगेको छ भने गण्डकी प्रदेशमा ८० पुगेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese