no comments

वन जंगलमा लाग्ने डडेलो सुरक्षा चुनौती, गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी

पोखरा, ३० चैत/ पोखरामा गण्डकी प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठीमा बन जंगलमा लाग्ने डडेलो मुख्य चुनौती रहेको सुरक्षा निकायले बताएका छन् ।

आइतबार र सोमबार पोखराका चलेको गोष्ठी आफ्नो क्षेत्रमा कार्यप्रगती प्रस्तुत गर्दै सुरक्षा निकायका प्रमुखले डडेलो चुनौती पुर्ण बनेको प्रस्तुत गरेका हुन् । गृहमन्त्री रामबहादुर थापा बादलले गोष्ठीको उद्घाटन गर्दै प्रस्तुतीमा सहभागी भएका थिए ।

गोष्ठीमा प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित चारैसुरक्षा निकायका प्रमुखहरुको सहभागितामा छ । उनीहरुले सम्बन्धित जिल्लाको सुरक्षा स्थितिबारे जानकारी गराउँदै आफ्नो जिल्लामा शान्ति सुरक्षा बारे जानकारी दिएका थिए ।

गृहमन्त्री रामबहादुर थापा बादलले आगामी राजनीतिक समीकरणका कारण शान्ति सुरक्षामा पर्ने असरप्रति सजग रहन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा झण्डै ८० जनाको सहभागिता छन् ।

 

TechSansar.com - Technology Navigator website for Nepalese