no comments

पुष्पलाल स्मृति दिवसको अवसरमा पृथ्वीसुब्वा गुरुङको शुभकामना

पोखरा, ७ साउन / ४२ औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा गण्डकीका इन्र्चाज पृथ्वीसुव्बा गुरुङले शुभकामना दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव, नेपालको लोकतान्त्रिक आन्दोलनका सम्मानित धरोहर एवं संयूक्त जनआन्दोलनका प्रणेता कमरेड पुष्पलालको ४२ औँ स्मृति दिवसको अवसरमा उहाँप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु विज्ञप्तीमा भनिएको छ । यस अवसरमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरु एवं नेपालको कम्युनिष्ट आन्दोलनलाई आजको उचाइसम्म ल्याइपु¥याउन योगदान गर्नुहुने सवै अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।
राष्ट्रिय स्वाधिनता तथा लोकतन्त्र प्राप्तिका निम्ति सञ्चालित विभिन्न शान्तिप्ुर्ण जनआन्दोलन, सशस्त्र संघर्ष लगायत न्याय, समानता एवं स्वतन्त्रताको निमित्त भएका विभिन्न आन्दोलनमा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने आदरणीय शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

आन्दोलनका क्रममा वेपत्ता एवं घाइते योद्धाहरुप्रति सम्मान व्यक्त गर्र्दछु । नेपालको कम्युनिष्ट आन्दोलनलाई निरन्तर साथ, समर्थन र ऐक्यवद्धता प्रकट गर्नुहुने सवैप्रति आभार प्रकट गर्दछु ।

नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक संघर्ष, सामाजिक मुक्ति एवं राष्ट्रिय स्वाधिनताको आन्दोलनमा कमरेड पुष्पलालका योगदानहरु अविस्मरणीय छन् । वि.सं.२००५ सालमा विश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवादमार्फत नेपालमा माक्र्सवादी विचारधाराको विधिवत् आरम्भ गर्नुभएका कमरेड पुष्पलालले आफ्ना सहयोद्धाहरुसँग मिलेर २००६ साल वैशाख १० (२२ अप्रिल १९४९) मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापनासँगै नेपालको लोकतान्त्रिक आन्दोलनले सामन्तवाद साम्राज्यवाद विरोधी स्पष्ट राजनीतिक दिशा र समाजवादको सुस्पष्ट गन्तव्य हासिल ग¥यो भने नेपाली श्रमजीवी जनताले आफ्नो मुक्तिका लागि संघर्षमा वैचारिक मार्गदर्शन र नेतृत्वदायी पार्टी प्राप्त गरे । कमरेड पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी संघर्ष र वलिदानका ७१ औँ वर्ष पार गर्दै आज राष्ट्रकै मुख्य राजनीतिक शक्तिका रुपमा स्थापित हुन सफल भई राज्यको नेतृत्व गरिरहेको छ ।

वि.सं.२०७५ साल जेठ ३ गते नेकपा(एमाले) र नेकपा(माओवादी केन्द)ं वीच ऐतिहासिक एकता सम्पन्न भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भएपश्चात नेपालको कम्युनिष्ट आन्दोलनले देशभित्र मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा समेत नयाँ पहिचान र उचाई स्थापित गर्न सफल भएको छ । हामीलाई नेपाली सर्वहारा श्रमजीवी जनताको पूर्ण साथ समर्थन प्राप्त त भएकै छ, विश्व सर्वहारा श्रमजीवी जनताको मुक्ति आन्दोलनले समेत आशा र भरोशाको केन्द्रको रुपमा हेरिरहेको छ ।

यो हाम्रो लागि एउटा महान अवसर र गौरवको विषय पनि हो । यस सन्दर्र्भमा नेपालको कम्युनिष्ट आन्दोलनले आफ्नो निर्दिष्ट लक्ष्यमा सफल भई विश्व कम्युनिष्ट आन्दोलनलाई समेत दिशानिर्देश गर्र्न सक्नुपर्दछ । यतिवेला हामी सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवाद विरोधी नयाँ जनवादी राज्य व्यवस्थालाई सुदृढ पार्दै नेपाललाई एक्काइसौँ शताव्दीको पहिलो समाजवादी मुलुकका रुपमा स्थापित गर्नका लागि वलियो आधार तयार पार्ने अभियानमा छौँ ।

तसर्थ, पार्टीको एकतालाई जोगाउने, अघि वढाउने र यसलाई थप सुदृढ पार्ने सन्दर्भमा पार्टीको आन्तरिक जीवनमा देखिएका समस्याहरुलाई नेतृत्ववीचको सार्थक सम्वाद र सहमतिमार्फत हल गरी पार्टीलार्ई वैचारिक, सैद्धान्तिक, सांगठनिक एवं भावनात्मकरुपमा अझै एकतावद्ध वनाउँदै पार्टीलाई नेपाली जनताको गर्विलो र विश्वासिलो शक्तिका रुपमा स्थापित गर्न आजको दिनले हामी सवैलाई थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।

TechSansar.com - Technology Navigator website for Nepalese