no comments

पोखरामा प्रहरीलाई कोरोना

पोखरा, २१ साउन / पोखराको नदीपुर बिटमा कार्यरत एक जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ ।

कुनै ट्राभल हिस्ट्री नभएका ३८ बर्षीय प्रहरीको ड्युटीमै खटिएका बेला कोरोना लागेको हुन सक्ने कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले बताए । सामान्य लक्षण देखिएपछि साउन १८ गते उनको स्वाब संकलन गरिएकोमा बुधबार कोरोना पुष्टि भएको हो ।

नजिकै क्वारेन्टाइन रहेको र बेलाबखत गइरहने भएकाले त्यहीँबाट सरेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी बिट नजिकै पद्म नर्सिङ होमलाई पोखरा महानगरपालिकाले महिला क्वारेन्टाइन बनाएको छ ।

प्रहरीमा कोरोना देखिए पछि बुधबार कास्की जिल्ला प्रहरी कार्यालय मातहतमा कार्यररत १ सय ११ जनाको स्वाब लिएको छ । पोखरामा बुधबार मात्रै १० जनामा कोरोना संक्रमण देखिएको छ । यो सगँ पोखरामा १ सय २९ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ९० जना निको भएर घर फर्किएका छन् ।

गण्डकी प्रदेशभर हालसम्म १५ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १३ सय ६२ जना निको भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese