no comments

काठमाडौंको लोकप्रिय ‘डल्ले मःम’ को शाखा पोखरामा

पोखरा, २४ फागुन/ काठमाडौंको लोकप्रिय ‘डल्ले मःम’ को शाखा पोखरामा खुलेको छ । पोखराको मानवअधिकार चोकमा ‘डल्ले मःम’ को शाखा खुलेको हो ।

स्वादका साथै गुणस्तरलाई पनि ध्यानमा दिएर सेवा प्रदान गर्न पोखरा आएको डल्ले मःमका सञ्चालक सुवास गौचनले जानकारी दिए । काठमाडौंमा ८ ठाउँ र बुटबलमा २ ठाउँबाट सेवा प्रदान नगर्दै आएको मःमको पोखरामा ११ औ शाखा हो ।

पोखरा शाखाको चेन पर्यटन व्यवसायी सुनिल भट्टराई र शेचन्द्र सिंह हमालले लिएर सञ्चालनमा ल्याएका हुन् । उनीहरुले एक वर्ष पहिले नै सञ्चालमा ल्याएका भएपनि लकडाउनका कारण रोकिएको थियो ।

‘अहिले सञ्चालनमा ल्याएका छौं’ सञ्चालक सुनिल भट्टरार्ईले भने ‘अहिले यसको बुधबार औपचारीक उद्घाटन गर्ने तयारीमा छौं ।’ बुधबार मिस नेपाल २०१९ अनुस्का श्रेष्ठले शाखाको उद्घाटन गर्ने कार्यक्रम रहेको उनको भनाई छ ।

‘डल्ले मःम’ मुख्य गरेर मःमका परिकार, चाउमिन, आलुका परिकार, फाइ राई र बच्चाका लागि खाजा सेट यसका विषेशता रहेको भट्टराईले बताए । हल्का मसला भएका कारण खान र पचाउन सजिलो हुने उनको भनाई छ । करिब १ सय जना अटाउने गरी आक्रर्षक डिजाइन गरेको उनले बताए ।

जन्मदिनको पार्टी, एनिभर्सिरी पार्टी लगाएत गर्नेका लागि समेत उपयुक्त रहेको उल्लेख गरे । भट्टराईले ७ सय रुपैया भन्दा बढिको अडर गरेमा पोखरा भ्यालीमा फ्रि होमडेलिभरी सेवा समेत रहेको बताए । विहानी तथा साझँका लागि खानाका लागि लन्च बक्सको समेत सुविधा रहेको उनको भनाई छ ।

सन् २०११ देखी डल्ले मःम रेष्टुराँका आलोक योञ्जन र सुवास गौचनले गरेका थिए । ग्राहकको स्वास्थ्यलाई र गुणस्तरयुक्त खाजा र खानालाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको कारणले डल्ले मःम सबै ग्राहकको रोजाइमा पर्न सफल भएको सञ्चालक सुवास गौचन बताउँछन् ।

कमलादीमा स्थापना शुरु भएको डल्ले मःम गल्फुटार, भाटभटेनी, नक्साल, लबिम मल, जावलाखेल, बुटलबको सुख्खा नगर र कालीका नगरमा शाखा सञ्चालन गरि सकेको छ ।

पिरो डल्ले खुर्सानीको नाममा रेस्टुराँ खोलेका उनीहरुले डल्ले खुर्सानीका अचार पनि बिक्रि गर्ने गरेका छन् । पिरो डल्ले खुर्सानीको नाममा रेस्टुराँ खोले पनि परिकार भने स्वादिष्ट रहेको उनले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese