no comments

पोखरामा केटु आरोहीलाई नागरिक अभिनन्दन

पोखरा, २६ माघ/ शिशिर ऋतुमा विश्व कै दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहरण गरेर कीर्तिमानी राख्न सफल १० नेपाली पर्वतारोहीको टोलीलाई पोखरामा नागरिक अभिनन्दन गरेका छन् ।

पोखरा पर्यटन परिषद्को आयोजनामा सोमबार नागरिक अभिनन्दन गरे । पोखरा विमानस्थलबाट बाजागाजा सहित स्वागत गर्दै पोखरा बजार परिक्रमा गरेर अभिनन्दन गरेको हो ।

नगरपरिक्रमा पछिको अभिनन्दन कार्यक्रमका पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइ लगाएतले अविर माला, खादा र सम्मानपत्रले सम्मान गरे ।

‘किलर माउण्टेन’ भनेर चिनिने निकै चुनौतिपूर्ण रहेको केटु हिमालको सफल आरोहरणले नेपालको नामलाई विश्वमा चिनाउन सफल भएको अरोहल दलका प्रमुख निर्मल पुर्जाले जानकारी बताए ।

पाकिस्तानमा रहेको केटु हिमाल ९ हाजर ८ सय ६१ मिटर नेपालका १० जना पर्वतारोहीले माघ ३ गते शनिबार आरोहरण गरेर इतिहास रचेका थिए । हिउँदको समयमा कोही आरोही पनि पुग्न सकेको थिएनन् ।

हिमाल आरोहरण गर्ने निर्मल पुर्जा, मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङमा जी शेर्पा, दावा तेन्जीङ शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पाले सफल आरोहरण गरेका थिए ।

सोही अवसरमा नेपाल पर्वतारोहरण संघ गण्डकी प्रदेशको आयोजनामा गरिएको धम्पुस पिक(थापा पिक ६०१९) आरोहण गरेका गण्डकी प्रदेशका ६ जना आरोहीलाई पनि सम्मान गरेका छन् ।

टासी पासाङ्ग, मन गुरुङ्ग, सनकुमार जुग्जाली, दिपेशबाबु सुवेदी, सुदिप गौतम र हिराकुमारी मल्लले माघ ३ गते सफल आरोहरण गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese