no comments

गोपी, राजन, धरम र हुम सिनियर भेट्रान्सको सेमिफाइनलमा

पोखरा, १३ फागुन/ गोपीबहादुर भट्टराई, राजन पौडेल, धरमबहादुर लामिछाने र हुम आले पोखरा रंगशालामा जारी सिनियर भेट्रान्स टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको एकलतर्फको खेलहरुमा जित हाँसिल गर्दै उनीहरुले अन्तिम चारमा स्थान सुरक्षित बनाएका हुन् ।

निकै प्रतिस्प्रधात्मक खेलमा गोपीबहादुर भट्टराईले विनोद कायस्थलाई २–६,६–२ र सुपरटाईमा १०–६ ले पराजित गरे । गत महिना पोखरामै सम्पन्न माछापुच्छे ओपन राष्ट्रिय टेनिस प्रतियोगिमा गोपी विनोद कायस्थसंग सेमिफाइनलमा पराजित भएका थिए । त्यस्तै पोखराकै बलिया भेट्रान्स विकास गुरुङ्गलाई ६–१, ६–४ ले पराजित गर्दै राजनले अन्तिम चारमा स्थान बनाउँदा हुम आलेले नविन चालिसेमाथि ६–३, ६–० को नतिजा निकाले । धरमबहाबदुर लामिछानेले कर्ण तामाङ्गलाई ६–१, ६–२ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन।

डबल्सतर्फपनि क्वाटरफाइनलका खेलहरु सकिएका छन् । क्वाटरफाइलनमा धरमबहादुर लामिछाने र गोपी भट्टराईको जोडीले राज गुरुङ्ग र केवी तामाङ्ग जोडीलाई ६–२,६–२ ले, नविन चालिसे र शरण गुरुङ्गले इन्द्र र प्रकाशको जोडीलाई वाकओभरमा, राजु गुरुङ्ग र नविन श्रेष्ठको जोडीले बसन्त प्रधान र लक्ष्मण तामाङ्गको जोडीलाई ७–६,६–३ ले तथा लोक गुरुङ्ग र राजन पौडेलको जोडीले विकास गुरुङ्ग र सूर्य भुजेलको जोडीलाई ६–२,६–३ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पराजित गर्दै सेमिफाइनलमा उक्लिए ।

प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।

TechSansar.com - Technology Navigator website for Nepalese