no comments

आश्रमलाई थप व्यवस्थित बनाउन आवश्यकः उपमेयर गुरुङ्ग

पोखरा, २६ भदौ / पोखराको सितापाईलमा रहेको पोखरा बृद्धाश्रमलाई थप सुबिधा सम्पन्न बनाउन आबस्यक रहेको पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवि गुरुङ्गले बताउनु भएको छ ।

पोखरा बृद्धाश्रमले आयोजना गरेको एक छलफल तथा भेटघाट कार्यक्रममा उहाँले सरकारले एउटा प्रदेशमा एक बृद्धाश्रमको अबधारण अगाडी सारेको शन्र्दभमा आश्रमले थप संरचनाको बिकास गर्न जरुरी रहेको र त्यसको लागि पोखरा महानगरपालिको आबस्यक सहयोग हुने उल्लेख गनूभयो । सकेसम्म बृद्धबृद्धाहरुलाई घरमै राख्नु पर्दछ ।

उहाँको जिउदो भगवान हो । तर कतिपय अबस्थामा साहारा बिहीन बाबाआमाहरु भेटिने भएकाले उहाँको जिम्मा आश्रमले लिने परिस्थिती रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७का वडाअध्यक्ष तिर्थराज अधिकारीले आश्रमलाई प्रदेशको एक नम्वर बनाउन आफ्नो तर्फबाट सबै प्रकारको सहयोग हुने बताउनु भयो । आश्रम केवल आश्रय स्थल मात्र होईन , यो पोखरा १७को पर्यटकिय गन्तब्य पनि हो– उहाँले भन्नु भयो ।

त्यसैगरि नेपाल कम्युनिष्ट पार्टी( नेकपा) पोखरा १७ का अध्यक्ष सुभाष ढुंगानाले आफ्नो पार्टी सधै बृद्धबृद्धाको पक्षमा रहेको बताउनु भयो । उहाँको सुबिधाको लागि राज्य तथा सरकार संग आबस्यक बजेट बिनियोजनका लागि पहल गर्ने उहाँले प्रतिबद्धता ब्यक्त गनूभयो ।

कार्यक्रममा पोेखरा बृद्धाश्रमका अध्यक्ष कुुसुम केशब पराजुलिले आश्रमलाई बहु आयामिक रुपमा बिकास गर्ने आफ्नो सपना रहेको बताउनु भयो । त्यसका लागि थप जग्गा आबस्यक रहेको उहाँले सो अबसरमा जानकारी दिनु भयो ।

आश्रममा अहिले ६० जना बृद्धबृद्धाहरुले आश्रय लिन सक्ने क्षमता रहेको छ । सुबिधा सम्पन्न आवास तथा भोजन गृह, दिवा सेवा केन्द्रको लागि पनि आबस्यक संरचना तयार भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese