no comments

नाट्टा पोखराद्धारा राहत बितरण

पोखरा, १७ असार/ कोभिड– १९ का कारण नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभाबित भै पर्यटनमा आवद्ध श्रमजिवी मजदुरहरुलाई नाट्टा पोखराले राहत वितरण गरेको छ ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी पर्यटन क्षेत्रमा कार्यरत श्रमिक तथा मजदुरहरुको दैनिकी गुजाराका लागि ६१ जनालाई राहात सहयोग गरेको हो ।

नाट्टा गण्डकी प्रदेश पोखराका सदस्य ट्राभल एजेन्सी कार्यरत ६१ जना श्रमिक मजदुरहरुलाई राहत सामाग्री बितरण गरेको हो ।

वितरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगत पहारी, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, नाट्टा पोखरा अध्यक्ष सञ्जयकान्त सिग्देल, नाट्टा पोखराको पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठ, कार्यक्रम संयोजक ताराप्रसाद गौतम लगाएतले वितरण गरेका थिए ।

कार्यक्रममा नाट्टा पोखरा अध्यक्ष सञ्जयकान्त सिग्देलले आर्थिक अवस्था कमजोर भएका अन्य मजदुरलाई पनि आवश्यकता अनुसार राहत वितरण गर्ने बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese