no comments

पोखरा ५ मा मर्निङ्ग र इभिनिङ्ग वाकमा रोक, वडामा आउँदा दुई दिन अगाडी जानकारी दिनु पर्ने

पोखरा, ५ साउन / पोखरा महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले मर्निङ्ग वाक र इभिनिङ्ग वाक हिड्नलाई प्रतिबन्ध लगाएको छ ।

पोखरा ५ मा स्थानीयमा कोरोना संक्रमण बढ्दै गएपछि वडा कार्यालयले मर्निङ्ग वाक र इभिनिङ्ग वाक नागरिकलाई नहिड्न अनुरोध गरेको छ । यो वडा हुदाँ अन्य वडाका समेत आउने गरेको हुदाँ संक्रमण फैलन नदिन त्यस्तो निर्णय गरेको वडा अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।

पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका नेपालीले वडामा विदेशबाट आउने, अन्य जिल्लाबाट आउनेहरुले पनि दुई दिन अगाडी वडालाई खबर गर्नु पर्ने बताए ।

विदेशबाट आएनेहरु पोखराको पृथ्वीचोक आएपछि क्वारेन्टिनको व्यवस्था कहाँ भन्दै फोन गछन् वडा अध्यक्ष नेपाली भने हामीले आउने वित्तकै कहाँ व्यवस्था गर्ने । त्यसैले दुई दिन अगाडी परिवारका सदस्यले खबर गरेमा व्यवस्थापन गर्न सजिलो हुने बताए ।

वडाअध्यक्ष धन बहादुर नेपालीको अध्यक्षतामा मंगलबार बसेको बैठकले स्थायी वा अस्थायी रुपमा वडामा बसोबास गर्ने नागरिकले वडामा प्रवेश गर्नु भन्दा दुई दिन अगाडी अनिवार्य खबर गर्नुपर्ने निर्णय गरेको बताए ।

वैठकले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन वडाबासीमा आग्रह समेत गरिएको गरेको छ । त्यसै गरी साझँ साढे ६ बसे पछि पसलहरु बन्न गर्न समेत वडा अनुरोध गरेको छ ।

अहिले पोखरा ५ मा एक जना भारतबाट आएका एक विद्यार्थी, बागबानीका कार्यरत एक जना कर्मचारी र सहकारीमा काम गर्ने एक महिला र उनका छोरालाई कोरोना देखिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese