no comments

पोखरामा अविरल वर्षा, ठाउँ ठाउँमा पहिरो, तीन जनाको मृत्यु, १ बेपत्ता

सागर राज तिमिल्सिना
पोखरा, १७ भदौ/ पोखरामा बुधबार साझँ देखी परेको अबिरल वर्षाले पहिरो जादा तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका ११ भञ्ज्याङ नमुनाटोलका एक जना र पोखरा २० भलामका दुई जनाको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

पोखरा २० भलामका कृष्ण श्रेष्ठको ब्लकले एकतले घरको माथीबाट पहिरो आई घर पुरिदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ बर्षिय कृष्ण श्रेष्ठ र उनीकी श्रीमती ३५ बर्षिय सुनमाया तामाङको मृत्यु भएको हो । उनका ९ बर्षिय छोरा ाजकुमार श्रेष्ठ छन् भने ३ बर्षिय छोरा बेपत्ता छन् ।

त्यसै गरी पोखरा ११ का लक्ष्य नेपालीको एकतले कच्ची घरमाथिबाट पहिरो आई घर पुरिदा एक जनाको मृत्यु भएको छ । पहिरोले घर भत्किएर घाइते भएका ४२ बर्षिय लक्ष्य नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । उनकी १४ बर्षिया छोरी सृष्टी नेपाली दुबै खुट्टा र ढाडमाचोट लागेको छ । उनी श्रीमती र दुई छोरा सकुसल छन् ।

त्यसै गरी पोखरा ११ बसेरी स्थित एकदेब तिमिल्सिनाका घर पुरिदा तीन जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

त्यसै गरी पोखरा १३ काहुँखोलामा पनि बाढीले ठुलो क्षती भएको छ । बाढीले काहुँखोला वरपरका घरहरुमा क्षती पुगेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese