no comments

पोखरामा मोटरसाईकलमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

पोखरा, ३ मंसिर / पोखरामा कात्तिक २६ गते राति दुई मोटर साइकलमा आगोलगाएको आरोपमा कास्की प्रहरीले एक जना पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा स्थित सिशुनिकेतन मार्गमा दुईवटा मोटर साइकलमा आगजनी गरेका थिए ।

स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर १२ घर भई पोखरा १७ बस्ने ३० बर्षीयका सन्तोष अर्यालको स्टोर अगाडी पार्किङ गरी राखेको ग १२ प ८६९८ नम्बरको बुलेट मोटरसाईकल र ग ७ प ९७८८ नम्बरको होण्डा साईन मोटरसाईकलमा आगो लगाई क्षेती बताएका थिए ।

घटनाको अनुसन्धानको क्रममा पोखरा १७ विरौटा बस्ने १९ बर्षीय दिबश रानाभाटको संलग्नता देखिएकोले पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

रानाभाटलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese