no comments

हाइकर्स क्लबको भाग १८ धम्पुसदेखि अस्ताम सम्म

पोखरा, १ बैशाख/ स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ कास्की जिल्ला भित्र तथा छिमेकी जिल्लाका ग्रामिण वस्तीहरुको प्रबद्र्धन गर्दै आएको हाईकर्स क्लब नेपालले आफ्नो १८ औं श्रृङ्खला पर्यटकीय गाउँ धम्पुसबाट सुरु गरेर, हेम्जाकाृट, धिताल, अस्ताम हुँदै हेम्जामा पुगेर समापन गरेको छ ।

अन्नपूर्ण इको भिलेजका संचालक विश्वराज अधिकारीले हाइकिङ समुहलाई स्वागत गर्दै हाइकिङको माध्यमबाट स्वास्थ्य र पर्यटनको विकास हुने वताउँदै आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने वताए ।

पदमार्गको पहिचान, लोपोन्मुख पदमार्गहरुको संरक्षण स्थानिय निकायले गर्नुपर्छ भन्ने सन्देश बोकेर प्राचिन वाटाहरुमा पैदल हिड्दै गाउँगाउँ घुम्न जानु नै हाइकिङको अर्को उध्येश्य पनि रहेको क्लबका सदस्य तथा ट्रेकिङ गाइड सुन्दर त्रिपाठीले वताए ।

हाइकिङमा पहिलो पटक सहभागी भएका हिमालय आँखा अस्पतालका शालिकराम भण्डारीले अत्यन्तै रमाइलो भएकोले हरेक हाइकिङमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

समय मिलेसम्म प्रायः हाइकीङमा सहभागी हुने एसओएस भोकेसनल ट्रेनिङ सेन्टरका मोहन खत्रीले पनि हाईकीङले स्वास्थ्य र पर्यटनको विकासमा टेवा पुग्ने वताउँछन् ।

विद्यार्थी, शिक्षक, व्यवसायी तथा गृहणी सबैलाई हाइकिङले समेटेकोले १० वर्षदेखि ५० वर्षसम्म उमेरका १५० जना भन्दाबढि हाइकिङमा सहभागी भइ सकेका छन् ।

विगत २ वर्षदेखि निरन्तर हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम हुँदै आएको छ । क्लबले आफ्नो पहिचान वनाइ सकेकोले हाइकिङमा सहभागीको लागि ज्याकेट वनाई सकिएको छ भने छिट्टै सम्बन्धित निकायमा दर्ता पनि गर्ने योजना रहेको क्लबका अध्यक्ष प्रविण तुलाचनले वताए ।

TechSansar.com - Technology Navigator website for Nepalese