no comments

प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउदै

पोखरा, १७ फागुन/ प्रधानमन्त्री केपी शर्मा ओली सोमबार पोखरामा विभिन्न कार्यक्रममा भाग लिन पोखरा आउदै छन् ।

पोखरामा गण्डकी प्रदेशका भेलामा नेकपा ओली पक्षका कार्यकर्तालाई प्रशिक्षणका लागि जान लागेका हुन् ।

नेकपा ओली पक्षले फागुन १५ गते आमसभा गर्ने तयारी भएपनि सर्वोचको फैसला पछि कार्यक्रमलाई प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।

प्रधानमन्त्री ओलीले प्रदेश सरकारले पोखराको नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

त्यसै गरी पोखरा रंगशाला पुगेर फुटबल मैदान, क्रिकेट मैदान लगाएतको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese