no comments

हिमालयन सिटीद्वारा पुम्दिकोटमा वृक्षारोपण

पोखरा, ३ असोज/ लायन्स क्लब अफ पोखरा पिस हिमालयन सिटीको आयोजनामा पोखराको प्रसिद्द धार्मिक एवम् पर्यटकीय क्षेत्र पुम्दीकोटमा वृक्षारोपण गरेको छ ।

क्लबले पुम्दिकोट धार्मिक क्षेत्र वरपर पिपल, वर, समी लगायतका बिभिन्न जातका विरुवाहरु रोपी संरक्षणका लागि ट्री गार्डहरुको समेत राखेको छ ।

पुम्दीकोट धार्मिक समितिका अध्यक्ष चन्द्रकान्त बरालको प्रमुख आतिथ्यता र क्लबका अध्यक्ष लायन नारायण आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु डा टेक नारायाण पौडेल, भोजराज बराल , गोविन्द काफ्ले , बुद्दिमान शर्मा एवम् पदाधीकारीहरु एवम् क्लबका सदस्य माधव प्रसाद बराल, केशव ढकाल , छवि पौडेल , प्रकाश काफ्ले, रमेश चापागाई , गुरु प्रसाद कोइराला , जगतमोहन गिरि लगायतले विरुवा रोपेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese