no comments

पोखरामा दुई ठाउँमा दुर्घटना, एकको मृत्यु २ घाइते

पोखरा, २५ असार/ पोखरामा दुई ठाउँमा भएको दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा ५ मा टिपरको ठक्करले घाईते भएकी एक पैदल यात्रीको उपचारका क्रममा आज मृत्यु भएको छ । बिहीबार २४ गते पोखरा वडा नं. ५ स्थित गणतन्त्र चोकमा टिपरले पैदल यात्री रीता केसीलाई ठक्कर दिएको थियो ।

ग १ ख ९७०३ नम्बरको टिपरले ठक्कर दिदाँ घाईते भएकी स्याङ्जा बिरुवा गाउँपालिका वडा नं. ४ घर भई हाल पोखरा वडा नं. १७ विरौटा बस्ने वर्ष ४० कि केसीको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

त्यसै गरेर पोखरा महानगरपालिका १० अमरसिंहचोक स्थित ग११प १४४६ को स्कुटर आफै अनियन्त्रीत भई बिजुलिको पोलमा ठक्कर खादाँ दुई जना घाइते भएका छन् । स्कुटर चालक तनहुँको शुक्लागण्डकी नगरपालिका १ कोत्रे बस्ने वर्ष १८ को संजोग परियार सिरियस घाइते भएका छन् ।

लमजुङको बेशीशहर घर भई हाल शुक्लागण्डकी नगरपालिका १ कोत्रे बस्ने वर्ष १९ को बिश्वास मझकोटी समेत घाइते भएको, अवस्था मध्यम, दुवैलाई उपचारको लागि अस्पताल पठाइएको, घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese