no comments

अपाङ्गका लागि सहयोगी सामग्री ह्विलचियर वितरण

पोखरा, १२ फागुन / जन्मजातै तथा बिभिन्न दुर्घटनाका कारण अपाङ्ग भएका व्यक्तिहरुका लागि हिडडुलसंगै जिविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्यका साथ ह्विलचियर वितरण गरिएको छ ।

नेपाल अपाङ्ग समाज सेवा संङघ केन्द्रिय कार्यालय पोखराद्धारा नेपाल अपाङ्ग पुर्नस्थापना समाज काठमाण्डौको सहयोगमा १२ जना अपाङ्गता भएका व्यक्तिलाई निशुल्करुपमा ह्विलचियर वितरण गरिएको हो ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण गर्दै संविधानले समावेशी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गरेको बताउँदै उपगोगका लागि आत्मवल बढाएर अघि बढनु पर्ने बताउनु भयो ।

मुलुकका तीनै तहका सहकारमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व न्यून रहेको उल्लेख गर्दै उहाँले शारिरीक अपाङ्गता भएपनि बौद्धिक सपाङ्गताको उच्च मुल्याङ्क गर्दै उनीहरुलाई अधिकार सहितको अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

“राज्यले फरक क्षमता भएका व्यक्तिहरुको अवसरमाका लागि बिभिन्न कायआर्जनका कार्यक्रम सञ्चालन गर्न ठूलो रकमको व्यवस्था गरेको छ” उहाँले भन्नुभयो,“त्यस्ता कार्यक्रममार्पmत सिप,ज्ञान आर्जन गरि उत्पादनसंग जोडिनुपर्दछ ।”

नेपाल अपाङ्ग पुर्नस्थापना समाज काठमाण्डौका केन्द्रीय उपाध्यक्ष सुमन भट्टराईले शारिरीक अपाङ्गता भएका व्यक्तिको लागि ह्विलचियर महत्वपूर्ण सहयोगी सामग्री भएको बताउँदै अमेरीकन संस्था लेटरडे साइन्ट च्यारिटिस ( Latter–Day saint charities  को सहयोगमा नेपालका बिभिन्न ६२ जिल्लामा २० हजार भन्दा बढी ह्विलचियर निशुल्क वितरण गरेको जानकारी दिनुभयो ।

बढी बल खर्च र चलाउनु पर्ने स्थानीय स्तरमा उत्पादन गरेको ह्विलचियरमा बदामको व्यापार गर्दै आएनु भएको पोखरा ९ शिवटोलका ५६ बर्षीय जीवन गिरीलाई भियतनाममा बनेको सुविधायुक्त तीन पांग्रे तराई साकल हस्तान्तरण गरिएको बताउँदै उहाँले भन्सार बाहेक ७० हजार मूल्यको सो ह्विलचियर पोखरामा पहिलो पटक भित्रियको बताउनुभयो ।

संस्थाले आजै पोखरामा सात जनालाई सातवटा स्पोर्ट ह्विलचियर वितरण गरेको बताउँदै भट्टराईले भन्नुभयो सामाजिक सेवामा समर्पित संस्थाले गण्डकी प्रदेशमा मात्र एक सय भन्दा बढी सहयोगी सामग्री वितरण गरि सकेको छ ।

नेपाल अपाङ्ग समाज सेवा सङ्कघ केन्द्रीय अध्यक्ष बुद्धिबहादुर बागदास पन्तका अनुसार ग्रामीण क्षेत्रमा घरको रातोमाटो दलिएर कस्टकर जीवन विताउन बाध्य आठ सय ७० जना अपाङ्गता भएको व्यक्तिलाई ह्विलचियरको सहायताले आँगनसम्म झारेर संसार देखाउन सफल भएको जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय समाजसेवी दामोदर शर्मा, गापि तुलाचन, प्रकास शर्मा, फलफुल तथा तरकारी व्यवसायी संघ कास्कीका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, सामुदायिक प्रहरी कास्कीका सदस्य प्रेम पहारी, रुपा केसी लगायतले अपाङ्कता भएका व्यक्तिलाई सहयोगी सामग्रीका साथै आयआर्जन गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

TechSansar.com - Technology Navigator website for Nepalese