no comments

सराङकोट खानेपानी आयोजना शुभारम्भ

पोखरा, १५ कार्तिक/ पोखरा महानगरपालिका १८, २ र १ नं. वडाका दुई हजार घरधुरी प्रत्यक्ष लाभान्वित हुने गरी सराङकोट खानेपानी आयोजनाको काम शनिवार देखि शुभारम्भ गरिएको छ।

जसअन्र्तगत मुख्य पाइप लाइन तथा वितरण पाइप लाइन विस्तार र कुल ७५ हजार लिटर क्षमताको ट्याङकी निर्माणको काम कृपा कम्स्ट्रक्सन चितवन तथा कुल ५ लाख लिटर क्षमताको ठुलो ट्याक्की निर्माणको जिम्मा पोखरा स्थित पराजुली सावित्री नौघरे जेभिलाई दिइएको छ।दुवै कम्पनीलाई गरी कुल रु.३ करोड ११ लाख २३ हजार ४ सय ७९ मा ठेक्का दिइएको हो।

आयोजनाको शुभारम्भ गर्दै महानगरपालिकाका मेयर मानबहादुर जिसीले पालिकाले खानेपानीलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्दै आएको दावी गर्दै एकीकृत खानेपानी योजना निर्माणको पक्षमा महानगर रहेको स्पष्ट पारे।

विशेषगरी महानगरमा गाभिएको पहाडी भेगका तत्कालिन गाविसहरुमा खानेपानीको बढी समस्या रहेको औँल्याउँदै मेयर जिसीले ति वडामा पनि खानेपानीको सहज प्रबन्ध मिलाउन महानगर लागि परिरहेको जनाए। वडावासीले तिरेको करबाटै खानेपानी आयोजनामा रकम परेको उल्लेख गर्दै मेयर जिसीले कर तिर्न महानगरवासी उदार बन्नुपर्ने पनि भनाई राखे।

पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले खानेपानी आयोजना महानगरको गौरवको आयोजना भएको जनाउँदै समयमै सकिने विश्वास व्यक्त गरे।उनले ठेकेदारलाई निर्माण व्यवसायी भन्नुपर्ने बताए ।

उक्त कार्यक्रममा खानेपानी संस्थानका प्रतिनिधी वसन्त भण्डारी, पोखरा २ का वडाध्यक्ष रामेश्वर मल्ल, १ का वडाध्यक्ष शारदा पराजुली, खानेपानी समन्वय समितिका संयोजक दिनेश श्रेष्ठ लगायतले पनि बोलेका थिए ।उनीहरुले समयमै कार्य पुरा गर्नुपर्नेमा जोड दिए।

खानेपानी आयोजनाबाट पोखरा–१८, सराङकोट स्थित थामाखोर, पोखरावेशी, लामागाउँ ,अधेरीकुना, मिरुवा, पिपलडाली, थुम्की, घरेलु र विन्ध्येश्वरी पाखा, पोखरा १ स्थित सिम्पानी र २ को हिमालीटोल वासी प्रत्यक्ष लाभाम्वित हुनेछन् ।

मिरुवा स्थित खानेपानी ट्याङकीबाट पानी लिफ्टिङ गरी लामागाउँमा ट्याङकी निर्माण गरी पानी वितरण गर्ने योजना छ ।जसमा पोखरा महानगरपालिका र नेपाल खानेपानी संस्थान पोखरा शाखाको आर्थिक सहयोग रहनेछ। महानगरका प्रमुख जिसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा खानेपानी समितिका संयोजक श्रेष्ठले स्वागत तथा खानेपानी समितिका सचिव हरी लम्सालले संचालन गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese