no comments

कास्की काँग्रस सभापति कृष्ण केसीलाई कोरोना संक्रमण पुष्टि

पोखरा, ७ बैशाख / नेपाली काग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
 
बाबुको मृत्युपछि कीरियामा रहेका केसी बिरामी भएपछि सोमबार राति अस्पताल भर्ना भएका थिए ।
 
उपचारका क्रममा कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ पुष्टि भएको हो । उनका परिवारलाई भने नेगेटिभ देखिएको छ ।
 
पोखराका चरक मेमोरियल अस्पतालको आइसोलेसनमा रहेका उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।
 
TechSansar.com - Technology Navigator website for Nepalese