no comments

एक वर्ष पछि पोखरा–जोमसोम हवाई उडान सञ्चालन

पोखरा, २२ फागुन / कोरोना भाइरस संक्रमणका कारण रोकिएको पोखरा मुस्ताङ हवाई उडान करिब एकवर्ष पछि सञ्चालन आएका छ ।

पछिल्लो समय आन्तरिक यात्रु बढ्न थालेको र भारतीय तीर्थयात्री पनि आउन थालेकोले उडान सुरु गरेको एयरलाइन्सले बताएका छन् ।

शनिबार समिट एयरले पोखरा–जोमसोम रुटमा दुईवटा उडान गरेको छ । हवाई सेवा शुरु भएको पछि मुस्ताङका सांसद इन्द्रधारा विष्टले खुसी व्यक्त गर्दै आइतबार देखी तारा एयरले पनि शुरु गर्ने बताए ।

समिटले पोखरा–जोमसोम उडानका लागि १८ सिट क्षमताको एउटा जहाजबाट सेवा शुरु गरेको छ ।

आइतबार देखि अर्काे निजी हवाई कम्पनि तारा एयरले पनि पोखरा–जोमसोम रुटमा उडान गर्ने तयारी गरेको छ । ताराले पनि १८ सिट क्षमताको जहाजबाट पोखरा–जोमसोम रुटमा उडान गर्ने तयारी थालेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese