no comments

पोखरामा ४ जना सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण

पोखरा, २ भदौ/ गण्डकी प्रदेशमा मंगलबार विहान थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखराका गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ८ जनामा संक्रमण देखिएको हो ।

यो सगँ गण्डकीमा १ हजार ७ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकामा २ महिला र २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । पोखरा २५ र ५० बर्षिय उमेर समुहका महिलाको वडा खुलेको छैन भने २३ र २८ बर्षिय पुरुष पोखरा ६ का हुन् ।

त्यसै गरी नवलपुरको कावासोतीमा १ जना १४ बालिका र १ जना महिला र बागलुङको बरेङमा १ जनाा ६ बर्षिय बालक र २५ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ५ सय ५० जनामा कोरोना संक्रमण निको भएर घर फर्किएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese