no comments

सिल्टेसन ड्याम भरिदा खहरे खोलाले बाटो बद्ल्यो, घरमा खोलो, कुखुरा बगाए

पोखरा, १६ साउन / फेवाताल सरंक्षण गर्न बनाएको खहरेखोला सिल्टेसन ड्यामले बाटो बदल्दा ठुलो क्षती भएको छ । सोमबार राति आएको बाढीले सिल्टेसन ड्याम भरिएर घर र खेतमा बाढी पस्दा ठुलो क्षती पुगेको छ ।

सिल्टेसन ड्याममा माथीबाट आएका सिल्टेसनले ड्याम भरीए पछि घर र धानबारीमा खहरे खोला पसेपछि ठुलो क्षती पुगेको स्थानीय सुर्य भण्डारीले जानकारी दिए ।

उनले सिल्टेसन ड्याम भरिएपछि सिल्टेसन झिकेको भए यस्तो अवस्थान नआउने बताए । खहरेखोलाले खेम भण्डारीको घर र उनले कुखुरा पालन गरेको कुखुराको खोरमा क्षती पुगेको छ ।

बाढीले करिब ७ सय कुखुरा बगाएको खेम भण्डारीले बताए । उनले १ हजार कुखुरा पालन गरेको खोरबाट ७ सय कुखुरा बगाएको बताए । त्यसै गरी खहरेखोलाले गण्डकी प्रदेश सरकार सहयोगमा चक्लाबन्दी गरी धान खेत बगाएको छ ।

पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले निर्माण गरेको फेवाताल संरक्षण सिल्टेसन ड्यामले यस्तो अवस्था ल्याएको स्थानीयहरुले बताए ।

अहिले कै वर्षा यामको बाढीले सिल्टेसन ड्यामका केही भागका ढुङ्गा उकएको छ । चारवटा खोलामा निमार्ण गरिएको मध्ये खहरे खोलामा निर्माण भएको ड्यामका यस्तो समस्या देखिएको हो ।

बनाउने क्रममा नै कमसल सामाग्रीको प्रयोगले भएको भन्दै स्थानीयले आवाज उठाएका थिए । अहिले वर्षाको भेलले त्यसलाई प्रमाणीत गरिदिएको स्थानीयहरु बनाउ छन् । पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा फेवाताल संरक्षण गर्न तालमा मिसिने विभिन्न खोलामा सिल्टेसन ड्याम निर्माण भएको थियो ।

फेवातालमा हर्पन खोला, अँधेरी खोला, लौरुक र बेतनी खोला फेवालमा मिसिन्छन् । विभिन्न ठाँउबाट बगेर आउने खोलाले वर्षायाममा बाढी पहिरो सहित फेवातालमा मिसिन्छ । वर्षेनी ती खोलाबाट १ लाख घनमिटर सिल्ट तालमा जम्मा हुने महानगरपालिकाको तथ्यांक छ । फेवा तालको आयु बढाउने लक्ष्य र उद्देश्य सहित सिल्टेसन ड्याम निर्माण भएको हो ।

TechSansar.com - Technology Navigator website for Nepalese