no comments

जनप्रिय क्याम्पसका दुई विद्यार्थी नेपाल टप

पोखरा, २७ असार/ पोखराको जनप्रिय बहुमुखी क्याम्पसका दुई विद्यार्थीले नेपालकै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

बिबिए संकायका दुई विद्यार्थीले त्रिभुवन विश्वविद्यालयले लिने सेमेष्टर परीक्षामा उत्कृष्ट हुन सफल भएका हुन् । उनीहरुले ३ दशमलव ९९ जिपिए ल्याएर नेपाल टप हुन सफल भएको क्याम्पसले जनाएको छ ।

तेस्रो सेमेष्टरको परीक्षामा अस्मिता रेग्मी र सलोनी बुद्धाचार्यले उत्कृष्ट नतिजा ल्याएर नेपाल टप गर्न सफल भएका हुन् ।

अर्का दुई विधार्थी विधान अधिकारी र निशा ढकालले पनि ३ दशमलव ९८ जिपिए ल्याएर नेपालभरी नै दोस्रो हुन सफल भएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese