no comments

घरेलु टोली क्यासलले फाइनलमा सविन बाहिरियो

पोखरा, २० असोज/ घरेलुटोली स्पोट्र्स क्यासलले राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गर्दा सविन मेमोरियल भने बाहिरीएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा फाइनल प्रवेशका लागि भएको खेलमा क्यासलले द राइजिङ क्लब धरानलाई ८–६ को गोल अन्तरले हराउँदै जित हात पारको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलको सुरुवातमा क्यासले २ गोलको अग्रता लिएपनि जित हातपार्न भने निकै हम्मे हम्मे प¥यो । क्यासललाई फाइनलमा पु¥याउन सुमित श्रेष्ठ (मेस्सी) नायक बने । खेलको चौथो मिनेटमा किशोर गुरुङले गोल गर्दै क्यासललाई अग्रता दिलाए । छैटौं मिनेटमा विजय गुरुङले गोल गर्दै अग्रता दोब्बर पारे ।

२ गोलले पछि परेको राइजिङले नवौं मनेटमा हेमन्त थापाको गोलमा खेलमा फर्कने आशा दिलाए । १२ औं मिनेटमा मिलन राईले बराबरी गोल फर्काए । १३ औं मिनेटमा सुदिप गुरुङले गोल गर्दै राइजिङलाई अग्रता दिलाए । २३ औं मिनेटमा हेमन्तले पनि व्यत्तिलगत दोस्रो गोल गर्दै राइजिङलाई ४–२ को स्थितिमा पु¥याए ।

खेलको २८ औं मिनेटमा किशोरले व्यक्तिगत दोस्रो गोल गर्दै क्यासललाई अग्रता घटान मद्धत गरे । २८ औं मिनेटमा सुमितले पनि व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । ३१ औं मिनेटमा राइजिङका मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीका लागि चौथो गोल गरे ।

३२ औं मिनेटमा सुदिपले पनि व्यक्तिगत दोस्रो गोलमा टोलीलाई ६–४ को स्थितिमा लगे । दबाबमा परेको क्यासलका लागि ३४ औं मिनेटमा सुमितले गोल गरे । उनले ४० औं मिनेटमा ह्याट्रिक पुरा गर्दै टोलीलाई खेलमा फर्काए । सोहि समय अर्थात ४० औं मिनेटमा क्यासलका किशोरले पनि ह्याट्रिक पुरा गर्दै खेल बराबरीमा ल्याए । यस अघि ३९ औं मिनेटमा सुरज गुरुङले क्यासलका लागि गोल गरे ।

क्यासल लिग तालिकाको शिर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो । यस्तै राइजिङपनि दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगको थियो । यस्तै सविन मेमोरियल शंखमुलसंग ३–२ को हार व्यहोर्दै प्लेअफबाट बाहिरीएको छ । अब शंखमुलले फाइनल प्रवेशका लागि द राइजिङ क्लब धरानसंग खेल्ने छ । शंखमुलका जेनिश प्रजापतिले खेलको ११ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

पहिलो हाफ १ गोलको अग्रता लिएको शंखमुलले दोस्रो हाफमा थप २ गोल ग¥यो । क्रिजल खड्काले २४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । सविनका सरोज गुरुङले २७ औं मिनेटमा गोल गर्दै अग्रता घटाए । शंखमुलका क्रिजलले ३० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा शंखमुल ३–१ ल्े अघि रह्यो । सविनले पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोरेको हो । खेलको ३५ औं मिनेटमा मनोज गुरुङले गोल गर्दै अग्रता घटाएपनि अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोरेको हो ।

 

TechSansar.com - Technology Navigator website for Nepalese