no comments

पोखरामा १९ जना सहित गण्डकी प्रदेशमा थप ४४ जनालाई कोरोना संक्रमण

पोखरा, ६ असोज / गण्डकी प्रदेशमा थप ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कास्कीमा १९ जना, नवलपुरमा ९ जना, लमजुङका ६ जना, तनहुँमा ७ जना, पर्वतमा ३ जना र बागलुङ १ जनाको कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीको पोखरा महानगरपालिका ५ जना नेपाल प्रहरी, तीन जना भारतबाट आए र एक जना सरकारी कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना देखिएको शर्माले जानकारी दिए । लमजुङका संक्रमितहरु जिल्लाको बेसीसहर नगरपालिका तथा मस्र्याङ्दी गाउँपालिकाका हुन् ।

संक्रमित १ जना भारतबाट आएको शर्माले जानकारी दिए । बेसीसहर नगरपालिका का १ महिला तथा १ जना पुरुष सनराइज बैंकमा कार्यरत कर्मचारी हुन् । यस्तै तनहुँका ४ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको ऋषिङ गाउँपालिका वडा नम्बर ५ का ३ तथा वडा नम्बर ६ का १ जना पुरुष रहेका छन् । तनहुँका संक्रमित समेत भारतबाट आएका हुन् । एक जना पश्चिमाञ्चल क्षेत्रिय अस्तालमा उचाररत गर्भवती महिला हुन् । नवलपुरका ५ जना विनयत्रिबेणी र ४ जना मध्यविन्दुका हुन् ।

पर्वतका ३ जना संक्रमितहरु कुश्मा नगलरपालिका ३ जना पुरुष हुन् । त्यसै गरि बाग्लुङका बरेङ १ का १९ वर्षीय पुरुष हुन् । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ५ सय २३ पुगेको छ । अहिले सम्म गण्डकीमा २ हजार २ सय १९ जना निको भएर घर फर्किएका छन् भने ३२ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese