no comments

पुंजिगत खर्च कम्तिमा ८० प्रतिशत गर्ने गरी गति बढाउन मन्त्री बरालको निर्देशन

पोखरा, १३ फागुन/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले चालु आर्थिक बर्षमा पुंजिगत खर्च कम्तिमा पनि ८० प्रतिशत बजेट खर्च गर्ने गरी कामको गति बढाउन निर्देशन दिनु भएको छ । प्रदेशको अर्थ मन्त्रालयले विहिबार तनहुँमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुसासन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै मन्त्री बरालले निमित्त देखायर कर्मचारीले छुट नपाउदै बताउदै पुंजिगत खर्च ८० प्रतिशत भन्दा बढी गर्ने गरी कामको गति बढाउन निर्देशन दिनु भएको हो ।

लुकेर बसेका राजश्वको क्षेत्र वा सुत्रहरु जानकारी गराउन आग्रह गर्दै मन्त्री बरालले प्रदेशको आन्तरिक श्रोत बृद्धि गर्नुपर्ने बताउनु भयो । संघको बजेटले मात्र प्रदेश सरकार चल्नुको औचित्य नहुने उहाँले जनाउनु भयो । सम्बन्धित कार्यालयहरुको समस्या पहिचान गरी समाधान गर्न भनि आयोजना गरिएको उक्त कार्यक्रम पश्चात योजनाहरु समयमै गुणस्तरिय ढंगले सम्पन्न हुने मन्त्री बरालले विश्वास व्यक्त गर्नु भयो । आगामी बर्षमा आवश्यक पर्ने योजनाहरु सम्बन्धित कार्यालयहरुले जनताको आवश्यकताको आधारमा मात्र ल्याउनु पर्ने मन्त्री बरालको भनाई थियो ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले राजश्व बृद्धि हुने श्रोतहरुको खोजी गर्नुपर्ने बताउनु भयो । मन्त्रालयले कम्तिमा चौमासिकमा छलफल तथा अन्तरक्र्रिया कार्यक्रम गर्न सके बजेट प्रभावकारी हुने उहाँले दाबी गर्नु भयो । प्रदेश निती तथा योजना आयोगका सदस्य माया तिमिल्सिनाले बजेट खर्च गरेसंगै गुणस्तरियतालाई समेत ध्यान दिन सुझाव दिनु भयो ।

मन्त्रालयका सचिव बैकुण्ठ प्रसाद अर्यालले सम्बन्धित मन्त्रालयले २५ प्रतिशतसम्म रकमान्तर गर्न सक्ने बताउदै बढी रकम रकमान्तर गर्नु पर्ला अर्थसंग सहमति लिनुपर्ने बताउनु भयो । यस बर्ष खर्च भएर बचत हुने सम्भावना न्यून रहेको उहाँले बताउनु भयो ।

मन्त्रालयका उपसचिव वसन्तराज तिवारीले पुंजिगत खर्च बढाउने उद्धेश्यले हालसम्म प्रदेशका ९ जिल्लामा उक्त कार्यक्रम गरिएको बताउनु भयो । कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँका किशोर कुमार श्रेष्ठले हालसम्म जिल्लामा पुंजिगत तर्फ १८ प्रतिशत र चालु चर्फ ३८ प्रतिशत बजेट खर्च भएको बताउदै १० करोड राजश्व संकलन भएको जनाउनु भयो ।

भौतिक पुर्वाधार विकास कार्याँलयका प्रमुख दिनेश घिमिरेले जग्गा प्राप्ती, कोभिडको कारण ३९ योजना हाल बजेट नहुदा समस्या भएको बताउनु भयो । बहुबर्षीय योजनाको यस बर्ष करिब २० करोडको दाहित्व सृजना भएको उहाँले बताउनु भयो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका राजेन्द्र प्रसाद न्यौपानेले लिफ्टीङ र बिद्युतीकरणका केही योजनाहरु भएको जसमा कम बजेट भएको गुनासो गर्नु भएको छ । भू तथा जलाधार कार्यालय तनहुँका बजेट कम भएकोले कार्यालय प्रति नै हौचित्यता प्रति प्रश्न उठ्ने गरेको बताउनु भयो । कृषि ज्ञान केन्द्रका कुल प्रसाद न्यौपानेले घर बस्ती नजिक वन जंगल बढ्नाले बादर समस्या हुने गरेको जनगुनासो आएको जनाउनु भयो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा बजेट कम, कर्मचारी कम, सवारी साधन आवश्यक, टुक्रे योजना लगायतको गुनासो आएको थियो । कार्यक्रमको संचालन भने मन्त्रालयका अधिकृत तारानाथ सुवेदीले गर्नु भएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese