no comments

खुशी किन्न बिदेशिन बाध्य नेपालीको कथा “बस है पियारी” (भिडियो सहित)

पोखरा, २६ असोज/ खुशीकिनेर पाईन्छ ? शायदपाईदैन । तर खुशी किन्ने वहानामा वर्षेनी थुपै्र नेपालीयुवाहरु विदेशिन्छन् । थुप्र्रै बाध्यताहरुले नेपालीयुवालाई विदेशिनबाध्य पार्छ । विदेशजाने प्रत्येक युवाहरुको आफ्नै कथा छ, व्यथा छ अनिबाध्यता छ ।

नेपालीहरु दशैँलाई महान चाडको रुपमा मनाउँछन् । वर्षौँ  देखि विदेशिएका नेपालीहरु दशैँ मान्नबिदामिलाएर सकेसम्म घर फर्कन्छन् । तर कतिपययुवाहरुको बाध्यता यस्तो छ कि, उनीहरु दशैँ मान्न छाडेर विदेशिनुपर्ने हुन्छ । चाडवाडको बेलामा घरपरिवारसँग बसेर रमाईलो गर्न छाडेर विदेशिनु पर्दाको पीडा पक्कै पनि नमिठो हुन्छ ।

साहुको ऋण, आफ्नो अनिबालबच्चाको भविष्यको चिन्तागर्दै घरको मुल मान्छे नै विदेश जाँदा परिवारका अन्य सदस्यहरुको पनिआफ्नै खाले पीडा हुन्छ । तथ्यांकले भन्छ–‘वैदेशिक रोजगारीमा नेपालबाट वर्षेनी ५ लाखभन्दा बढि युवाहरु विदेशिन्छन् ।’ वैदेशिक रोजगार विभागको अनुसार त्यस्तो कुनै पनिदिन छैन, जुनदिन नेपालीयुवाहरु त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलबाट रोजगारीकालागि बिदेशिएकानहोउन् । दैनिककम्तीमा १५ देखि बढिमा २५ सय जनासम्म नेपालीयुवाहरु विदेश जाने गरेका छन् ।

तथ्यांकले यो पनिदेखाउँछ कि वर्षेनी ८ सय भन्दा बढि नेपालीयुवाहरुको लाश विमानस्थलबाटै नेपाल फर्कन्छ । हालसम्म विदेशिने नेपालीयुवाहरुको संख्या ७० लाखको आसपास छ ।

यस्तै कथालाई टपक्क टिपेर गीतकार आकाशदाहालले गीत कोरे–‘बस है पियारी, घरबारै स्याहारी’ । गायकतथा संगीतकार सन्तोष बस्यालले धुन भरेर गीतगाए । सोही गीत माथि निर्देशक नेत्र गुरुङले भिडियो बनाए । गीतको भिडियोमा अभिनेत्री सोफि धरेलसँगै गीतकार दाहाल आफै फिचर्ड छन् । भिडियोलाई दिपेश केसीले खिचेका हुन् ।

वैदेशिक रोजगारीमाजानुपर्ने नेपालीयुवाको बाध्यतालाई मुख्यविषयबनाएर बनेको गीतको भिडियो मंगलबारजक्शन टिभीको अफिसियल युट्युबमार्फत सार्वजनिकभएको छ । फुलपातीको साइतपारेर पोखरामामंगलबार एक विशेष कार्यक्रमको आयोजना गरि गीतको भिडियो सार्वजनिकभएको हो ।

सार्वजनिक भिडियोलाई गतिलो प्रतिक्रियामिलेको छ । मंगलबार मिडियाकर्मीमाझ गरिएको प्रिमियरमा सहभागीले गीत र भिडियोलाई रुचाए । ‘यो गीतले साँच्चै मन छुन्छ । हरेक नेपाली घरको कथाबोल्छ । अडियो मेकिङकाहिसाबले पनिगीतउत्कृष्ट छ ।’ गीतमाथिआफ्नो धारणा राख्दै गायकतथा संगीतकार बिनोद बाँनियाले भने–‘गीतलाई स्रोताअनिदर्शकहरुले पनिनिकै रुचाउने विश्वास लिएको छु ।’

त्यस्तै कलाकार तथा फिल्म निर्देशक माओत्से गुरुङले भिडियो र गीतको उत्कृष्ट ‘कम्बिनेशन’भएकै कारण ‘बस है पियारी’ दर्शक अनि स्रोताको मनमा बस्ने बताए । ‘पोखराबाट पनि यो लेभलको काम हुन्छ भन्ने प्रमाणित भएको छ । गीतअनि भिडियोको मेकिङ लेभलपनिउत्कृष्ट छ ।’ गुरुङले भने–‘यसले पोखराको कला क्षेत्रलाई अगाडि बढाउन अझै बढि मद्दत पुग्ने निश्चित छ ।’

जक्शन म्यूजिक लञ्च

पोखराको संगीत क्षेत्रलाई व्यवसायिकबनाउँदै यहाँका संगीतकर्मीहरुलाई कलाको उचितमूल्यदिने उद्देश्य सहित नयाँ म्यूजिक कम्पनी शुरु भएको छ । जक्शन ग्रुप प्रालिले ‘जक्शनम्यूजिक’नामक युट्युब च्यानलको लञ्च गर्दैयसको जानकारी दिएको हो ।

संगीतको उर्वर भुमीमानिने पोखरामाथुप्रै संगीतकर्मीहरुले कर्म गर ेपनि व्यवसायिक हुन भने नसकेको आरोप लाग्ने गरेको छ । ‘पोखराबाटै बन्ने थुपै्र गीत र भिडियोहरु सार्वजनिक गर्ने व्यवसायिक प्लेटफर्मको अभाव हुँदा यहाँका संगीतकर्मीहरुले काठमाण्डौको प्लेटफर्म प्रयोग गर्नुपर्ने बाध्यता छ । यहि बाध्यतालाई केहीकम गर्न भएपनिहामीले प्रयास गरेका हौँ ।’ जक्शन ग्रुप प्रालिका प्रबन्ध निर्देशक अरुण गिरीले भने–‘बस है पियारीबाट हामीले शुरुवात गरेका छौँ । आगामी दिनमा यहाँका अन्य संगीतकर्मीहरुसँग पनि सहकार्य गरेर अगाडि बढ्नेछौँ ।’

जक्शनग्रुप प्रालिले हालजक्शन डटकम संचालनगर्दै आएको छ । ‘न्यूज, इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट’ थिममा संचालित कम्पनीले इन्टरटेनमेन्ट सेक्सन अन्तरगत ‘जक्शनम्यूजिक’ लञ्च गरेको हो ।

TechSansar.com - Technology Navigator website for Nepalese