no comments

हिसान स्पोर्टस मिटमा भलिवलतर्फ क्वाटर फाइनलका समिकरण पुरा

पोखरा, ११ पुष/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १४ औं संस्करणको हिसान स्पोर्टस मिट छात्र/छात्रा भलिवल अन्तर्गत क्वाटर फाइनलका समिकरण पुरा भएका छन् ।

पोखरा रंगशालामा छात्र÷छात्रा प्लस टु भलिवलतर्फ शनिबार दोश्रो चरण अन्तर्गत १६ खेल सम्पन्न भएका हुन । सम्पन्न छात्रतर्फको भलिवलमा दोस्रो चरणका खेलमा न्यू ग्यालेक्सी, रेन्वो एकेडेमिक, भाष्कर मेमोरियल, पोखरा सेकेण्डरी, स्पाइरल ग्यालेक्सी, केफ, माउन्ट अन्नपुर्ण मावी र जुनियर सिटजन एकेडेमीले आ–आफ्नो खेल जितेका छन् ।

छात्र भलिवलमा स्पाइरल ग्यालेक्सीले माउन्ट अन्नपुर्ण मावीलाई २५–१७, २५–१८ र केफले गुरुकुल मावीलाई २५–२०, २५–२२ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेका छन् । त्यस्तै न्यू ग्यालेक्सीले भाष्कर मेमोरियललाई २५–१८ र २५–१६ ले पोखरा सेकेण्डरीले रेन्वो एकेडेमिकलाई २५–१३, २५–२७ र २२–२५ ले खेल जित्दै सेमीफाइनलमा स्थान पक्का गरेका छन् ।

यता छात्रातर्फको भलिवलमा स्पाइरल ग्यालेक्सीले पोखरा मल्टिमोडल लाई २५–१०, २५–१३ र टप्सल डायमण्डलाई २५–२०, २५–२३ ले, कास्की मोर्डनाइज्डले माउन्ट अन्नपूर्णलाई २५–१४, २५–१७ ले तथा न्यू ग्यालेक्सीले पोखरा सेकेण्डरीलाई २५–१३, २५–८ ले खेल जित्दै सेमीफाइनल यात्रा तय गरेको भलिवलतर्फका संयोजक खिम गुरुङले जानकारी दिएका छन् । भलिवलतर्फ सेमीफाइनल र फाइनलका खेल आइतबार सञ्चालन हुनेछन् ।

यसैगरी छात्र बास्केटबल प्लस टु (कक्षा ११÷१२) अन्तर्गत न्यू ग्यालेक्सी फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाइनलमा मनकामनालाई ५३–३९ को स्कोरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यसै गरी पोखरा सेकेण्डरी र कास्की मोर्डनाइज्ड विच हुने सेमीफाइनल विजेता संग फाइनलमा न्यू ग्यालेक्सी भिड्ने भएको बास्केटबलतर्फका संयोजक पुष्पराज पराजुलीले जानकारी दिए ।

कक्षा ११÷१२ छात्रा बास्केटबलमा गुरुकुल मावीलाई कास्की मोर्डनाइज्डले २३–९ को स्कोरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । कास्की मोर्डनाइज्डले प्रतिभा र माउन्ट अन्नपूर्ण मावीका विचमा हुने विजेता संग उपाधिका लागि फाइनलमा प्रतिष्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत टेवल टेनिस र व्याडमिन्टनका सम्पूर्ण समकरण पुरा भएका छन् । प्लस टु कक्षा ११÷१२ छात्रातर्फ अन्तर्गत भएको डायमण्डकी अनुषा गौतमले न्यू मोडलकी पार्वती श्रेष्ठलाई १३–११, ९–११, ७–११, ७–११, ११–४ र ११–४ ले पराजित गर्दै स्वर्ण पदक जितेकी छन् । त्यसै गरी केफकी आकृती पराजुली र गुरुकुलकी होमा कुमारी तेश्रो भएका छन् ।

त्यस्तै गल्र्स डब्ल्समा केफका आकृती पराजुली स्मृती पोखरेलको जोडीले न्यूग्यालेक्सीको स्नेहा अधिकारी र सुनाम तामाङको जोडीलाई ११–६, ११–२ र ११–७ ले पराजित गरी स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा प्रतिभाकी समिक्षा कोइराला र अनुष्का थेवेको जोडी र वालोदयका रेख गुरुङ रोषा गुरुङको जोडी रजत पदक जितेका छन् ।

प्लस टु ब्वाइज सिंगल्समा मदर ल्याण्डका देव भुजेलले स्वर्ण पदक जिते । उनले आफ्नै विद्यालयका विजय अधिकारीलाई ८–११, १२–१०, ११–२, १०–१२ र १४–१२ ले जित्दै स्वर्ण पदक जितेका हुन् । त्यसै गरी प्रतिभा थापा र टप्सका क्षितिज रजत पदक जित्न सफल भएका छन् । ब्वाइज डब्लसमा डायमण्डका सन्चन श्रेष्ठ र शुसिल क्षेत्रीको जोडीले स्वर्ण पदक जितेको छ । प्रतियोगितामा नेसनल इन्भेन्टिभका सुशिल पुन र बिक्रम प्रधानको जोडीले रजत तथा देव भुजेल र विजय अधिकारी (मदरल्याण्ड) र तकदिरजङ्ग घले र नरेन (ग्लोवल)को जोडीले कास्य पदक जिते ।

यता विश्वविद्यालय ब्याडमिन्टन छात्रा सिंगल्समा पिसिएमकी आशुका रन्जितले स्वर्ण पदक जितेकी छन् । उनले प्रकृती गौतमलाई ११–६, ११–५, १५–७ र १२–९ ले पराजित गरेकी थिइन् । त्यस्तै लेकसिटीका खेलाडीद्वय रितु श्रेष्ठ र सिमन विकले कास्य पदक जिते । छात्रा डब्लसमा लेकसिटीका सिमन विक र रितु श्रेष्ठको जोडीले आफ्नै विद्यालयको जोडी प्रकृती गौतम र छिरिङ गुरुङको जोडीलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन् । त्यस्तै पिसिएमका नम्रता जोशी र आशिका रन्जित तथा सविना आचार्य र इशा सदाशंकरको जोडीले कास्य दिक जितेका छन् ।

विश्वविद्यालय छात्र सिंगल्सतर्फ पेकका कुशल अधिकारीले सोचका आशिष क्षेत्रीलाई ११–३, ११–१ र ११–८ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका छन् । त्यस्तै माउन्ट अन्नपूर्णका विजय गुरुङ र इन्फरमेटिक्सका महेश भण्डारीले कास्य पदक जितेका छन् । ब्वाइज डव्लसमा इन्फरमेटिक्सका कुशल अधिकारी र विवेक जिशीको जोडीले स्वर्ण पदक जितेका छन भने इन्फरमेटिक्सका आदी थापा र महेश भण्डारीको जोडीले कास्य पदक जितेका छन् । प्रतियोगितामा माउन्ट अन्नपुर्णका सुमन सिग्देल र विश्वास गुरुङको जोडी तथा पिसिएम र सौरभ दर्जी र सुजन विकको जोडीले कास्य पदक जितेको संयोजक पुरन कुंवरले बताए ।

प्रतियोगिता अन्तर्गत प्लस टु छात्र अन्तर्गत प्रगतीका सशांक अधिकारीले स्वर्ण पदक जितेका छन भने सोही विद्यालयका आयुष थापाले रजत र ग्लोवल कलेजियटका नितेष गुरुङ तथा सगरमाथाका उत्सव कार्कीले कास्य पदक जिते । ब्वाइज डवल्समा प्रगतीका शंसाक अधिकारी र रिजन गुरुङको जोडीले स्वर्ण पदक जित्दा सगरमाथाका उत्सव कार्की र सौरभ थापाले रजत तथा करुणानिधीका सौरव र जिवनको जोडी तथा कास्की मोर्डनाइन्जडको जोडी नर बहादुर मनिषको जोडीले कास्य पदक जितेका छन् ।

त्यस्तै गर्ल्स सिंगल्समा करुणानिधीकी सितल केसीले स्वर्ण पदक जितेकी छन् भने सगरमाथाकी निर्झरा खड्काले रजत र सगरमाथाकी सृष्टिका तथा प्रतिभाकी विन्ति पुनले कास्य पदक जिते । गर्ल्स डवल्समा सगरमाथाक निर्झरा र सविनाको जोडीले स्वर्ण पदक जितेको छ भने करुणानिधी सितल र प्रज्वलाको जोडी रजत त्यस्तै रजत पदक कास्की मोर्डनाइज्ड सगुन र उर्मीला प्रतिभका विन्ती र रेश्मीले जिते ।

यसै गरी विश्वविद्यालयतर्फ ब्वाइज सिंगल्समा पोखरा कलेज अफ मेनेजमेन्टका इशान खड्काले स्वर्ण, पोखरा इन्जिनियरिङका अमित भण्डारीले रजत र पोखरा इन्जिनियरिङका शिर्षक अधिकारी र पिसिएमका इश्वर वास्तोलाले कास्य पदक जितेका छन् ।

त्यस्तै सिगल्सतर्फ पिसिएमकी मेनुकाले स्वर्ण, पोखरा लिंकनकी अन्तराले रजत र पिसिएमकी सृष्टि तथा पोखरा इन्जिनियरिङकी जानकीले कास्य पदक जिते । ब्वाइड डवल्समा पिसिएमका इशान र मनीको जोडीले स्वर्ण, पेकले निशान र यमुले रजत र इन्फरमेक्सका विवेक र सन्देशले कास्य पदक जिते । छात्रा डव्ल्सान पिसिएमका मेनुका र सृष्टीले स्वर्ण, इन्फरमेक्सका सविना र इशाले रजत तथा पेकका जानकी र लिजाको जोडीले कास्य पदक जितेका छन् ।

 

 

TechSansar.com - Technology Navigator website for Nepalese