no comments

पोखरामा ३० जना सहित गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण

पोखरा, २९ असोज / गण्डकी प्रदेशमा बिहीबार विहान थप ९७ जनामा कोरोना संक्रमण देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालमा भएको परीक्षणमा बाग्लुङमा ५१ जना, कास्कीको पोखरा महानगरपालिकामा ३० जना, गोरखामा ७ जना, लमजुङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सगँ गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ हजार २ सय ८४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशमा अहिले सम्म ३ हजार ४ सय ७० जना निको भएर घर फर्किएका छन् भने ४६ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese