no comments

पोखरामा थप एक जनाको कोरोना संक्रमितबाट मृत्यु

पोखरा, १३ कात्तिक / पोखरामा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पोखरा १३ की ३६ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उचारकेन्द्रमा बुधबार राति ११ बजेको मृत्यु भएको हो ।

उनको आइसियुमा उपचार भइरहेको थियो । उनलाई कार्तिक ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने २० औं व्यक्ति हुन् ।

यो सगँ गण्डकी प्रदेशमा अहिले सम्म मृत्यु हुनेको सख्या ७१ पुगेको छ भने पोखरामा २५ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा ६ हजार ९ सय ११ मा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले सम्म ४ हजार १४ जना निको भएर घरफर्किएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese