no comments

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन शुरु

पोखरा, २१ पुष / गण्डकी प्रदेशसभाको विशेष अधिवेशन मंगलबार देखी शुरु भएको छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोभिड १९ को उपचार, नियन्त्रण, व्यवस्थापन, मूल्यवृद्धि, बेरोजगारी लगायतका विषयमा सरकारको जवाफ माग्दै विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष माग गरेका थिए ।

प्रदेश प्रमुख अमिक शेरचनको आह्वान गरेका हुन् । प्रदेश सभाको विशेष अधिवेशनले संकल्प प्रस्ताव पेश गर्ने दलहरु पुगेका छन् । संसदमा सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्वाचनको विरोध गर्नु भनेको आत्मघात गरे सरह हुने बताएका छन् ।

मुख्यमन्त्री गुरुङले संसद पुर्नस्थापनाको सम्भावना झिनो आशा मात्र बाकि रहेको भन्दै चुनावको विरोध गर्न नहुने बताए । गुरुङले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको बचाउ गर्दै यसलाई अप्रजातान्त्रिक र प्रतिगामी भन्न नमिल्ने दावी गरे । झण्डै ६४ प्रतिशत जनमत प्राप्त प्रधानमन्त्रीले आफ्नो ढंगले काम गर्ने वातावरण नभएपछि संसद भंग गरेर नयाँ जनमत लिन जानु परेको बताए ।

उनले नेताहरुबीचको सौदाबाजी गरेर, पद बाँडेर सांसदहरुलाई भेंडाबाख्राको जस्तो खरिदबिक्री गरेर, संसदीय फोहोरी खेल खेल्नुभन्दा जनताबीचमा जानु नै लोकतान्त्रिक भएको बताए । प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले संविधान नबुझेकाले मात्र संसद विघटन गर्न पाईन्छ भनिरहेको बताए ।

यसअघिको संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा भएको र तर अहिलेको संविधानमा संसद भंग गर्ने अधिकार नभएको दावि गर्दै नेपालीले भने, ‘प्रत्येक संसद विघटन प्रतिगमन हो भन्नुपनि संविधानको मुल्य र मान्यता नबुझेको ठहर्छ ।’

त्यसै गरी राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले संसद विघटन परी नेताहरु गालिगलोजमा उत्रिएकोमा खेद व्यक्ति गरे । उनले निवाचीत जनप्रतिनिधि विगठन गर्न नहुने बताए । त्यसै गरी जनता समाजवादी संसदीय दलका नेता हरीशरण आचार्यले नेपालमा स्थिर राजनीतिमा हुन नसकेको बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese